सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका


  •    न्युजभित्तो/९ भाद्र २०८३, मंगलवार १५:५१ 
  • गोरखा, ९ भदौ । आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि विद्यालय शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले जिल्लाको सहिदलखन गाउँपालिकाले आवाससहित शिक्षा दिने व्यवस्था गरेको छ ।

    आफ्नो पालिका भित्रका विपन्न बालबालिकालाई लक्षित गरेर गाउँपालिकाले वडा नं ६ घैरुङ बाँसकोटस्थित हिमालय माविमा आवासहित पढ्न पाउने व्यवस्था गरेको हो ।

    पालिकावासीलाई शिक्षाको अधिकार सुनिश्चित गर्न हिमालय माविमा आवासीय शिक्षाको व्यवस्था गरेको पालिकाका अध्यक्ष रमेश थापा मगरले बताउनुभयो ।
    “पालिकाभित्रका अनाथ, असहाय र आर्थिक रुपमा विपन्न बालबालिकाहरुलाई सुरक्षित आवाससहित गुणस्तरीय शिक्षा दिने उद्देश्यले छात्रावास सञ्चालनमा ल्याएका हौँ’, अध्यक्ष थापाले भन्नुभयो ।

    हाल गाउँपालिकाको हिमालय माविस्थित छात्रावासमा १३ जना बालबालिकाहरु आश्रित छन् । उनीहरुको कक्षा १० सम्मको शिक्षा र पालनपोषण सबैको जिम्मेवारी गाउँपालिकाले बेहोर्ने अध्यक्ष थापाको भनाइ छ ।

    पालिकाभित्रका विपन्न बालबालिकाहरुका लागि आइतबारबाट सुरक्षित आवासीय शिक्षा सञ्चालनमा ल्याएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताउनुभयो ।

    उहाँका अनुसार विपन्न बालबालिकाका लक्षित आवासीय शिक्षा कार्यक्रममा लागि पालिकाले आर्थिक वर्ष २०८२÷०८३ मा रु १० लाख विनियोजन गरेको थियो । सोही रकमले हिमालय माविको रित्तो भवनमा छात्र र छात्राहरुका लागि छात्रावास, शौचालय र मेसको व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो ।

    “छात्रावास व्यवस्थापनको काम गत असारमै सकिएको थियो तर बर्खे बिदा र विद्यार्थीहरुको प्रथम त्रैमासिक परीक्षाका कारण सञ्चालनमा ल्याउन ढिला भयो”, उहाँले भन्नुभयो ।

    गाउँपालिकाले २० जना बालबालिका क्षमताको छात्रावास सञ्चालनमा ल्याएको छ । त्यसलाई आवश्यकताअनुसार बढाउँदै लैजाने शिक्षा अधिकृत राजेन्द्र खनालले बताउनुभएको छ ।

    पारिवारिक अवस्थाका कारण अध्ययन गर्न नसकेका र संरक्षकको आवश्यकता भएका बालबालिकाहरुलाई पालिकाले आवेदन माग गरी छनोट गरेको थियो । छनोट भएका बालबालिकाहरु अधिकांशको आमा, बुबा नभएका वा भएकाहरुले दोस्रो विवाह गरेका र पारिवारिक अपहेलनामा परेका रहेको पालिकाले जनाएको छ ।

    सहिदलखन गाउँपालिकाले सीमान्तकृत चेपाङ र बराम समुदायका बालबालिकाहरुको लागि सिंजाली माविमा छुट्टै आवासीय सुविधासहित पठनपाठन गर्ने तयारी गरेको छ । विद्यालयको भवन निर्माण कार्य सम्पन्न भए लगत्तै आगामी शैक्षिक सत्रबाट उक्त सेवा सञ्चालन गर्ने गाउँपालिकाका शिक्षा अधिकृत राजेन्द्र खनालको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.