सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान


  •    न्युजभित्तो/९ भाद्र २०८३, मंगलवार १२:४८ 
  • चितवन, ९ भदौ । पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको छ । नगर क्षेत्रका पशुमा रेविजको लक्षण देखिएको हो । रत्ननगर –९ र १० को नमूनामा रोगको सङ्क्रमण पुष्टि भएको छ ।

    पशु सेवा कार्यालयका प्रमुख डा प्रभात न्यौपानेका अनुसार जर्सी गाईमा रोग सङ्क्रमण पुष्टि भएको हो । उहाँका अनुसार यो रोग लागेका गाई भँैसीले ¥याल काड्ने, टाउको भित्तामा ठोक्ने, मान्छे या अन्य जनावारलाई टोक्न खोज्ने, पानी खान नखोज्ने, घाँस खान नखोज्ने, दूध घटाउने र मर्ने हुन्छ । कुकुर बिरालामा रेविजविरुद्धको भ्याक्सिन लगाइए पनि अन्य पशु चौपायमा खासै यसको सुई लगाइँदैन ।

    रोगको सङ्क्रमण देखिएसँगै सङ्क्रमित क्षेत्रमा पालिएका पशु चौपायमा रोविजविरुद्धको खोप लगाउन सुरु गरिएको छ । यो रोग लाइसा नामक भाइरसका कारण लाग्ने गर्दछ । जिल्लाका अन्य पालिकाहरुमा समेत यस रोगको सङ्क्रमण देखिन सक्ने जनाउँदै उहाँले पशुपालक किसानलाई उच्च साबधानी अपनाउन आग्रह गर्नुभयो ।

    रत्ननगर नगरपालिकाकी पशु चिकित्सक अनुस्का राजभण्डारीका अनुसार पालिकाका विभिन्न वडामा पालिएका पशुमा यो रोगको सङ्क्रमण देखिएको छ । यहाँका पशुहरुको नमूना सङ्कलन गरी परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौँ पठाइएको छ । रोगको सङ्क्रमण देखिए पछि सङ्क्रमित क्षेत्रमा उच्च सतर्कता अपनाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यस आर्थिक वर्षमा सो पालिकामा चार वटा नमूना सङ्कलन गरिएको छ । दुई वटा नमूनाको परिक्षणका लागि पठाउने तयारी गरिएको छ । दुई वटामा सङ्क्रमणको पुष्टि भइसकेको छ । पशु मरेपछि नमूना परीक्षणका लागि पठाउने गरिन्छ ।

    सङ्क्रमणको लक्ष्याण देखिएका नौदेखि १० दिनको बीचमा पशु मर्ने गरेको उहाँले जानकारी दिनुभयो । यस पालिकाको वडा नम्बर ९, १० र १६ मा रेविजको सङ्क्रमण देखिएको हो । यस क्षेत्रमा न्याउरी मुसा र स्यालको टोकाइले रेविज सरेको उहाँको अनुमान छ । रेविजको सङ्क्रमण देखिएका क्षेत्रमा रहेका पशु तथा मानिसहरुमा रेविजविरुद्धको सुई दिन थालिएको उहाँले जानकारी दिनुभयो ।

    कुकुर र जङ्गली जनावरको टोकाइबाट सर्ने यस रोग जङ्गलको आसपासमा रहेका कृषकहरुलाई सतर्कता अपनाउन र लक्ष्यण देखिए तत्काल खबर गर्न अनुरोध गरिएको उहाँले वताउनुभयो । जनावरले टोकेको वा चिथोरेको ठाउँमा तुरुन्तै १५ मिनेटसम्म साबुन र बगिरहेको सफा पानीले राम्ररी धुने, चिकित्सकको सल्लाहअनुसार तुरुन्तै र तोकिएको तालिकाअनुसार रेविजविरुद्धको खोप लगाउने, घरपालुवा कुकुर र बिरालालाई नियमित रूपमा प्रत्येक वर्ष रेविजविरुद्धको खोप लगाउने, शङ्कास्पद वा अनौठो व्यवहार देखाएका पशुहरूलाई अन्य जनावर र मानिसबाट टाढा सुरक्षित ठाउँमा थुनेर राख्ने गर्नुपर्ने उहाँले सुझाब दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    • पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.