सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा


  •    न्युजभित्तो/९ भाद्र २०८३, मंगलवार ०८:०५ 
  • चितवन, ९ भदौ । सरकारले ‘आर्थिक ऐन २०८३’ जारी गरेपछि हालसम्म जिल्लामा दुई हजार ९०६ फर्मले छुट सुविधा लिएका छन् । आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कको हालसम्म रहेको बक्यौतामध्ये बक्यौता र थप एक प्रतिशत कर बुझाएमा बाँकी ब्याज, जरिवाना, विलम्ब शुल्क मिनाहा हुने व्यवस्था ऐनले गरेको हो । ऐन जारीभएसँगै बक्यौता भुक्तान गर्ने क्रम सुरु भएसँगै राजस्वसमेत बढेको छ ।

    लामो समयसम्म करको बक्यौता रहेर भुक्तान गर्न नसकी व्यवसाय अगाडि बढाउन नसकेका करदाताहरुलाई एक पटकका लागि सरकारले यो अवसर दिएको आन्तरिक राजस्व कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले बताउनुभयो । उहाँका अनुसार जुनसुकै करको बक्यौता भए पनि यो सुविधा लिन सकिने छ । उहाँले भन्नुभयो, “यसलाई अवसरका रुपमा लिएर कर छुटको सुविधा उपभोग गर्नुहोस् ।” यस्तो सुविधा पुनः आउन नसक्ने भन्दै आएको अवसर नगुमाउन आग्रह गर्नुभयो ।

    उहाँका अनुसार विसं २०८२ भदौ २ सम्म विवरण नबुझाएका सुन, चाँदी, गरगहना, हीरा, रत्न, पत्थरमा दिएको विलासिता शुल्क र मूल्य अभिवृद्धि करमा एउटा फर्मले छुट लिएको छ । संस्था दर्ता ऐन २०३४ लाई आयकर छुटअन्तर्गत दुई वटा फर्मले सुविधा लिएका छन् ।

    आयकरतर्फ प्यान नं नलिई कारोकार गर्ने सात वटा फर्मले छुट सुविधा लिएका हुन् । आयकरतर्फ प्यान नं लिई हालसम्म कारोवार नगर्ने २६६ फर्मले यो सुविधा लिएका छन् । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार आयकरतर्फ व्याज जरिवाना छुटको सुविधा कार्यालयमार्फत तीन सय २६ फर्म र अनलाइन सिस्टमबाट एक हजार ९६४ फर्मले सुविधा लिएको उहाँले जानकारी दिनुभयो ।

    मूल्य अभिवृद्धि करतर्फ कर सङ्कलन नगरेको र विवरण पनि दाखिला नगरेका ४४, कर संकलन गरेको तर विवरण दाखिला नगरेका ३८ फर्मले छुट सुविधा लिएका छन् । यस्तै अन्तशुल्कतर्फ कारोबारको असुलउपर र विवरणमा छ वटा र इजाजत नविकरण नगरेका २१६ फर्मले सुविधा लिएको खड्काले जानकारी दिनुभयो ।

    आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्तर्फ विवरण पेस गरी कर नबुझाएका २३, कर निर्धारणबाट सिर्जित बक्यौता दाखिला गर्ने ११ वटा र विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने दुई वटा फर्मले छुट सुविधा लिएका छन् ।

    जिल्लामा आयकरतर्फ ७४ हजार ३६६ करदाता रहेका छन् । तीमध्ये मूल्य अभिवृद्धि करमा ११ हजार ३४५ र अन्तशुल्कमा चार हजार ९६१ दर्ता भएका छन् । हालसम्मको तथ्याङ्कअनुसार मूल्य अभिवृद्धि करतर्फ सबै महिनाको विवरण नबुझाउने करदाताको सङ्ख्याअनुसार ५५ प्रतिशत रहेका छन् । आयकरतर्फ आर्थिक वर्ष २०८१/०८२ सम्म ३३ प्रतिशत करदाताले विवरण बुझाउन बाँकी देखिन्छ । आयकरतर्फ आर्थिक ऐन २०८३ ले दिएको छुट सुविधा लिने करदाता विसं २०८३ जेठ १५ देखि भदौ ५ गतेसम्म दुई हजार पाँच सय ६३ करदाताले विवरण बुझाई कर दाखिला गरिसकेको उहाँको भनाइ छ ।

    मूल्य अभिवृद्धि करतर्फ ८२ करदाताले विवरण बुझाई कर रकम समेत दाखिला गरेको देखिएको छ । अन्तशुल्कतर्फ जम्मा २२२ करदाताले आर्थिक ऐन २०८३ को दफा ४३ ९१० र ९२० अनुसार अन्तशुल्क दस्तुर बुझेर विवरणसमेत दाखिला गरिसकेका छन् ।

    गत आव २०८२/०८३ को साउनमा रु एक अर्ब ५३ करोड ३९ लाख १० हजार राजस्व सङ्कलन भएकोमा यस वर्षको साउनमा रु एक अर्ब ८१ करोड ५५ लाख ५८ हजार राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । अघिल्लो आवको यसै अवधिमा भन्दा चालु आवको यस अवधिमा रु २८ करोड राजस्व बढी सङ्कलन भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.