सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अब कांग्रेसबाट समयको चेत बुझ्ने सभापति र प्रधानमन्त्री बन्नुपर्छः विश्वप्रकाश शर्मा


  •    न्युजभित्तो/२ आश्विन २०८०, मंगलवार १४:११ 
  • काठमाडौं, २ असोज । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नागरिकमा वितृष्णा बढेको भन्दै समयको चेत बुझ्नेर हाँक्न सक्ने सभापति एवं प्रधानमन्त्री आवश्यक भएको बताएका छन् । केन्द्रीय समिति बैठक बस्नुपूर्व सामाजिक सञ्जालमा लेख्दै शर्माले नवीन आशा र विश्वास दिलाउन सक्ने नेतृत्व स्थापित गर्नुपर्ने बताएका हुन् ।

    ‘कांग्रेस कस्तो बन्ने र कांग्रेसमा को बन्ने ? भन्दा महत्त्वपूर्ण प्रश्न समाजमा असन्तुष्टि किन छ, हामी त्यसमा कति दोषी छौं, वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सृजना कसरी गर्न सकिन्छ ? महासमितिमार्फत् यी प्रश्नको निरुपणले देशलाई मार्ग दिन्छ र कांग्रेसलाई पनि ’ शर्माले लेखेका छन्, ‘पार्टी पंक्तिमा ऊर्जा । नागरिकको वितृष्णा चिर्दै नवीन विश्वास । ०८२ मा महाधिवेशन सुनिश्चितता । समय चेत बुझ्न र हाँक्न सक्ने सभापति र अबको प्रधानमन्त्री ।’

    कांग्रेस पार्टी र विचार समूहले यिनै विषयलाई अब बहसको विषय बनाएर निष्कर्ष खोज्नुपर्ने शर्मा बताउँछन् । ‘कांग्रेसमा विचार समूहहरू र सिंगो संस्थाले विमर्शको केन्द्र यसैलाई बनाएर सार्थक बहस र तार्किक निष्कर्ष क्रमश खोज्नुछ । दलहरूमा फरक विचार र विचार समूह हुनु स्वाभाविक हो । कांग्रेसमा पनि छरछन् । यो अभ्यासलाई हार्दिक ढंगले लिइनुपर्छ,’ शर्माले लेखेका छन्, ‘तर अहिलेको समय महासमितिबाट नीति, गति र मतिउपर साझा दृस्टी निर्माणको समय हो । यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी विषयहरूप्रति सजग छुररहनेछु ।’

    केन्द्रीय समितिको बैठक ४ असोजमा बस्दैछ । तर बैठकपूर्व नै डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक डाके पनि शर्माले यसमा सहभागिता नजनाउने संकेत गरेका छन् । शेखर पक्षले आज २ बजे हुने छलफलमा सहभागी हुन निम्ता दिए पनि शर्माले नजाने संकेत गरेको एक नेता बताउँछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.