सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले बागमतीको अध्यक्षका लागि सुवेदी र पोखरेल आकांक्षी


  •    न्युजभित्तो/३१ भाद्र २०८०, आईतवार १६:२९ 
  • चितवन, ३१ भदौ । नेकपा (एमाले) बागमती प्रदेश अध्यक्षमा चितवनबाट दुई जनाले आकांक्षा देखाएका छन् ।

    एमालेले बागमतीमा असोज ८ र ९ गते पहिलो अधिवेशन गर्दै छ । पदेन पोलिट्ब्युरो सदस्य र कार्यकारी भूमिका हुने भएपछि केन्द्रीय सदस्यहरू नै प्रदेश अध्यक्षको दौडमा छन् । अहिलेसम्म प्रदेश अध्यक्षको दौडमा चितवनबाट विजय सुवेदी र कृष्णभक्त पोखरेल प्रदेश अध्यक्षको दौडमा छन् ।

    पार्टी पंक्तिले विश्वास गरे नेतृत्वका लागि तयार रहेको सुवेदी र पोखरेल दुवैले नारायणी अनलाइनलाई बताएका छन् । बागमती प्रदेश कमिटीका सचिव विजय सुवेदीले आफू पार्टीभित्र छलफलमा नै रहेको बताएका छन् । उनले साथीहरुको सल्लाहमा नेतृत्व दिन तयार भए आफू तयार रहेको बताएका छन् । उनले भने, ‘ छलफल हुँदै छ । के कसो हुन्छ । नेतृत्व लिन तयार छु ।’

    त्यसैगरी बागमती प्रदेश कमिटीका सदस्य कृष्णभक्त पोखरेलले स्वभाविकरुपमा आफू बागमती प्रदेश कमिटीको नेतृत्व गर्न तयार रहेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ चितवनको जिल्ला अध्यक्ष भइसकेको छु । संसदीय समितिहरुमा नेतृत्वदायी भूमिका खेल्नुका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेकोले पनि मैले प्रदेशको नेतृत्व लिनु स्वभाविक छ ।’ उनले आफू चितवनको अध्यक्ष हुँदा सातवटा स्थानीय तहमध्ये ६ वटा तह स्थानीय निर्वाचनमा जिताउन सफल भएको बताए । उनले भने, ‘ एमालेले आगामी निर्वाचनमा प्रदेशमा बहुमत ल्याउन सक्ने बनाउनको लागि पनि मैले नेतृत्व गर्न चाहेको छु ।’ बागमती प्रदेशमा एमाले अत्यन्तै कमजोर बनेकाले उठाउनकै निम्ति अध्यक्षको आकांक्षा राखेको उनले बताए । गत निर्वाचनमा बागमती प्रदेशभरि एमालेले प्रतिनिधि सभामा ४ स्थानमात्र जितेको थियो। बागमती प्रदेशका ३३ वटा निर्वाचन क्षेत्रमध्ये काठमाडौं–९, ललितपुर–२, काभ्रेपलाञ्चोक–२, मकवानपुर–२ जितेको थियो ।

    नेतृत्वको रस्साकस्सीमा चितवनका सुवेदी र पोखरेलसहित बागमती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, अहिलेका प्रदेश संगठन कमिटीका अध्यक्ष केशव पाण्डे पनि रहेका छन् । नेता सुवेदी र पोखरेल दुवै चितवनमा एमालेका प्रभावशाली नेता हुन् ।

    बागमतीमा एमालेका एक लाख ९ हजार २३८ जना संगठित सदस्य रहेका छन् । जसमध्येबाट एक हजार १५० हाराहारी प्रतिनिधि चुनिँदै छन् । बागमती प्रदेशले १०० संगठित सदस्यमध्येबाट १ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरेको थियो । कुल संगिठत सदस्य मध्येबाट सय भाग लगाउँदा शेष ५० रहेमा त्यसबाट थप एक जना निर्वाचित गराउने व्यवस्था छ ।

    त्यस्तै ३३ प्रतिशत महिला, दुई जना प्रतिनिधि चुनिने अवस्था आएमा एकजना महिला अनिवार्य निर्वाचित गर्नुपर्ने व्यवस्था छ । एक निर्वाचन क्षेत्रमा एक जना प्रतिनिधि दलित समुदायबाट निर्वाचित हुने व्यवस्था रहेको छ । एमाले बागमती प्रदेशको अधिवेशन असोज ८ गते भृकुटीमण्डमा उद्घाटन हुने छ । बन्द सत्र प्रज्ञा प्रतिष्ठानको हलमा हुने छ । एमाले बागमती प्रदेशमा ४७९ सदस्यीय प्रदेश संगठन कमिटी रहेको छ । १३ वटा जिल्लाका जिल्ला अध्यक्षहरू पदेन सदस्य रहेका छन् । अधिवेशनले ५३ प्रतिशतभन्दा बढी आकार घटाउने छ । अबको अधिवेशनले २५५ सदस्यीय कमिटी निर्वाचित गर्ने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.