सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हामी जातीय लडाइँमा फस्दै गइरहेका छौँः शेखर कोइराला


  •    न्युजभित्तो/२७ भाद्र २०८०, बुधबार १५:३६ 
  • काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति र दुई महामन्त्री दुई ध्रुवमा बाँडिएर पार्टी नचल्ने बताएका छन्। बिपी जयन्तीका अवसरमा आयोजित युवाहरूको विशेष विचार सम्मेलनलाई सम्बोधन गर्दै पार्टी सभापतिय प्रणाली हो भने भन्ने आग्रह गरे।

    उनले भने, ‘अहिले कांग्रेसका सभापति र दुई जना महामन्त्री दुई ध्रुवमा बाँडिनुभएको छ । उहाँहरू नै दुई ध्रुवमा बाँडिएपछि पार्टी चल्छ कसरी?  हामीले यो सोचेका छौँ कहिले ? सभापतिय प्रणाली हो भने हामी त्यही हिसाबले हिँड्नुपर्‍यो । होइन भने अरू कुनै उपाय सोच्नुपर्छ । पार्टी सञ्चालन गर्न त्यो जरुरी छ । बिपीका पालामा प्रेसिडेन्सियल सिस्टम थियो, चलिराखेकै थियो । अहिले बहु पदीय छ, म बहु पदीयलाई खराब भन्दिनँ । तर यसले पनि हामीलाई बिगारिराखेको छ ।’

    उनले कांग्रेस र सरकारको कुरालाई पारदर्शी बनाएर अघि बढ्नुपर्ने बताए । यस्तै, उनले अहिले जातीय लडाइमा फस्दै गइरहेको टिप्पणी गरे ।

    उनले भने, ‘यहाँ अहिले धर्मको नाममा विवाद चलिरहेको छ । मन्दिरको अगाडि चर्च बनाइदिने, गोरु काटेर खाए त ठिकै छ खान्छन् तर त्यो फेसबुकमा हालेर जथाभाबी । त्यसले धार्मिक युद्ध जस्तो देखिन्छ तर, हामी जातीय लडाइँमा फस्दै गइरहेका छौँ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.