सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, अन्तिम संस्कारको दिन देशभर शोक बिदा


  •    न्युजभित्तो/२६ भाद्र २०८०, मंगलवार ११:५९ 
  • काठमाडौं, २६ भदौ । सरकारले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषद्‌को बैठकले यस्तो निर्णय गरेको हो। 

    मन्त्रिपरिषद्‌ बैठकले नेम्वाङको अन्त्येष्टिको दिन देशभर शोक बिदा दिने निर्णय समेत गरेको छ। नेम्वाङको निधनपछि मंगलबार बिहान मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बसेको थियो। 

    संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको मंगलबार बिहान १:३० बजे निधन भएको हो। हृदयघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए। 

    नेम्वाङका २ छोराहरु विदेशमा रहेको र उनीहरु स्वदेश फर्किन लागेकाले उनीहरु आएपछि मात्रै अन्तिम संस्कार गरिने परिवार स्रोतले जानकारी दिएको छ। अन्तिम श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थीव शरीर नेकपा एमालेको पार्टी मुख्यालय ललितपुरको च्यासलमा राखिने छ। 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.