राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित
न्युजभित्तो/२२ भाद्र २०८०, शुक्रबार १६:५७
काठमाडौँ, २२ भदौ । भदौ २४ गतेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। अर्को बैठकको मिति र समय अध्यक्षले पछि निर्धारण गर्ने संसद सचिवालयले जनाएको छ।
राष्ट्रिय सभामा अहिले जम्मा ३ वटा विधेयेयकहरु मात्रै रहेका छन्। अध्यागमन विधेयक विद्यायन व्यवस्थापन समितिमा दफावार छलफल गरि प्रतिवेदन पेश भैसकेको छ।
सो विधेयकबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्ययनका लागि समय मागेकोमा अध्ययन गरेर खबर नगरेका कारण पारित गर्न मात्रै बाँकी छ भने विद्युतीय कारोबार सम्बन्धी विधेयक र राष्ट्रय मर्यादा सम्बन्धी विधेयक समितिमा दफावार छलफलमा रहेका छन्।
राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा गएका ८ वटा विधेयक फिर्ता आएका छैनन्। ।