सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेसबाट दाइभाउजू परिपाटी १५ औँ महाधिवेशनमा हटाउँछौँः गगन थापा


  •    न्युजभित्तो/२२ भाद्र २०८०, शुक्रबार १६:३० 
  • काठमाडौं,२२ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र विभेद बढ्दै गएमा असन्तुष्टि बाहिरसम्म आउने बताएका छन्। सिन्धुपाल्चोकको बाह्रबिसेमाा भएको नेपाल महिला संघको तीज कार्यक्रममा शुक्रबार बोल्दै उनले यस्तो बताएका हुन्।

    ‘८ लाख ६६ हजार सदस्य रहेको पार्टी अहिले शिथिल भएको छ। पार्टीभित्र विभेद भयो, न्याय भएन भन्ने छ’, उनले भने, ‘परिवारका मानिसले सन्तोष माने भने बाहिर पनि राम्रो कुरा बताउँछन्। परिवारका सदस्य सन्तोष नभए बाहिर गएर पार्टीकाबारे नराम्रा कुरा बताउँछन्।’ उनले कांग्रेसमा उम्मेदवार छान्ने तरिका पनि गलत भएको बताए। ‘वडाको सभापति छान्ने अधिकार पार्टीको विधानले दिन्छ’, उनले भने, ‘तर तर वडाको जनप्रतिनिधिको उम्मेदवार छान्दा चाहिँ माथि जान्छ। त्यसैले त्यो अधिकार पनि यहीँ राख्न सक्नु पर्छ।’

    थापाले टिकट बाँड्ने अधिकार दाइलाई दिएकै कारण विकृति बढेको पनि बताएका छन्। ‘टिकट बाँड्ने अधिकार दाइलाई दिनु भयो भने दाइले टिकट भाउजूलाई दिन्छन्’, उनले भने, ‘सबै अधिकार दाइलाई दिएपछि भाउजुलाई दियो भनेर विरोध हुन्छ। दाइलाई टिकट बाँड्ने अधिकार नै नदिने पहल हामीले गर्नुपर्छ। दाइवाला यो परिपाटी हामीले १५ औँ महाधिवेशनबाट बदल्नुपर्छ।’

    उनले स्थानीय कार्यकर्तालाई सम्बोधनका क्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को सांसद को बन्ने निर्णय माथिको दाइले होइन, यहीँका कार्यकर्ताको मतदानबाट गरिनुपर्ने पनि बताए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.