सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाकिस्तानसँग पराजित भएपछि बाबुराम भट्टराईले नेपाली क्रिकेट टिमलाई भनेः बाच्छाले साँढेसँग जुध्नु नै ठूलो कुरा हो


  •    न्युजभित्तो/१४ भाद्र २०८०, बिहीबार १२:३६ 
  • काठमाडौं,१४ भदाै । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई तीन सुझाव दिएका छन् । एसिया कप–२०२३ मा नेपाल पाकिस्तानसँग पराजित भएपछि उनले सुझाव दिएका हुन् । बिहीबार एक्स (ट्विटर)मार्फत उनले आफू क्रिकेटको विज्ञ नभइ जिज्ञासु मात्र भएको जनाएका छन् । दर्शक मात्र भएकाले सुझाव दिँदा अन्यथा नलिन समेत उनले आग्रह गरेका छन् ।

    “पहिलो, कमसेकम ४० ओभर टिक्ने ढंगले ब्याटिङ गर्ने । अझै बढी सिक्न पाइन्छ । आत्मविश्वास बढ्छ । दोस्रो, फिल्डिङमा अझै चुस्तता बढाउने । बलिङ ठिकै छ,” भट्टराईको सुझाव छ, “तेस्रो, बाच्छो हुर्केर साँढे बन्छ, साँढे बुढो हुर्कंदै जान्छ भन्ने बुझेर धैर्य गर्ने ।”

    “बाच्छाले साँढेसँग जुध्नु नै ठूलो कुरा हो । एसिया कपमा नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्व वरीयतामा अगुवा टिम पाकिस्तानसँग उसकै भूमिमा पहिलोपटक खेल्दा प्राप्त गरेको परिणामलाई भन्दा अनुभवलाई हेरेर मूल्यांकन गर्नु उपयुक्त हुन्छ । अझै अर्को साँढे भारतसँग जुझ्न र सिक्न बाँकी छ,” उनले लेखेका छन् ।

    एसिया कप–२०२३ अन्तर्गत बुधबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । पहिला ब्याटिङ गरेको पाकिस्तानले नेपालसामु ३४३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले सबै विकेट गुमाएर मात्र १०५ रन जोडेको थियो । हेर्नुहोस् उनको स्टाटस्ः

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.