सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ललिता निवास प्रकरणः सीआईबीलाई बाबुराम भट्टराईले दिए बयान


  •    न्युजभित्तो/४ भाद्र २०८०, सोमबार १३:०४ 
  • काठमाडौं,४ भदौ ।  पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा बयान दिएका छन्। डाक्टर भट्टराईले सामाजिक सञ्जालमार्फत् ललिता निवास प्रकरणमा आफ्नो नेतृत्वको मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबिलाई बताएको उल्लेख गरेका छन्। उनले सिआईबिलाई उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी दिएर आफ्नो कर्तव्य निर्वाह गरेको बताएका हुन्।

    सामाजिक सञ्जालमा उनले लेखेका छन्

    ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु। यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु।

    सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधव नेपालको बयान नलिइ प्रतिवेदन बुझाउन लागिएको भनेर आलोचना भइरहेका बेला डाक्टर भट्टराईको यस्तो अभिव्यक्ति आएको हो। यद्यपि सीआईबीले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.