सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारलाई अप्ठेरो पारेर भ्रष्टाचारविरुद्धको अभियान रोकिन्छ भनेर कसैले नसोचे हुन्छः गृहमन्त्री


  •    न्युजभित्तो/१ भाद्र २०८०, शुक्रबार १६:१६ 
  • गोरखा, १ भदौ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले शुरुवात गरेको भ्रष्टाचारविरुद्धको अभियानमा कोही निर्दोष नफस्ने र कोही पनि दोषी उम्कन नसक्ने बताउनुभएको छ । गोरखाको अजिरकोट गाउँपालिका–३ को भच्चेक आधारभूत अस्पतालको आज शुक्रवार उद्घाटन गर्दै उहाँले वर्तमान सरकार रहुन्जेलसम्म भ्रष्टाचारविरुद्धको अभियान नरोकिने बताउनुभयो ।

    ‘कोही निर्दोष पस्ने काम हुँदैन’, उहाँले भन्नुभयो, ‘तर कोही दोषी र अपराधीलाई छोड्ने काम पनि हुँदैन, जुन दिनसम्म सरकार रहन्छ त्यति बेलासम्म सुशासनको अभियानलाई सरकारले अझ प्रभावकारी रूपमा निरन्तर अगाडि बढाउनेछ ।’ उहाँले अपराध गर्नेलाई अनुसन्धान गरेर तथ्य प्रमाणका आधारमा कानुनको दायरामा ल्याएर दण्डित गरेरै छाड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

    ‘मिटरब्याजी पीडित नागरिकलाई न्याय दिन मिटरब्याजीविरुद्धको अभियान पनि चल्दैछ’, गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘जतिजति सुशासनको अभियान चल्दैछ र नागरिकको पक्षमा काम हुँदैछ, त्यतित्यति नै भ्रष्टाचारी र तस्कर आत्तिएर सरकारलाई अगाडि बढ्न नदिन, भाँजो हालेर रोक्नका लागि विभिन्न षड्यन्त्र गरिरहेका छन् ।’ उहाँले राम्रो काम गर्दा खराब प्रवृत्तिका विरुद्धमा जुध्नुपर्छ भन्ने कुरा आफूहरूले राम्रोसँग बुझेको बताउनुभयो ।

    सरकारले राम्रो काम गर्न थालेपछि नराम्रो काम गर्नेले त्यसलाई सहजै अगाडि बढ्न दिँदैनन्’, उहाँले भन्नुभयो, ‘यो नियम नै हो, यस कारण अहिले दलाल, ठग, भ्रष्टाचारी र तस्कर छटपटियो, तिनका संरक्षक सलबलायो, सरकारलाई अप्ठेरो पार्‍यो भनेर तै चुप मै चुप भएर बस्ने पक्षमा सरकार छैन, त्यसरी हामी बस्दैनौँ ।’

    गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनपछि देशमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्ने र आमनागरिकको दैनिक जीवनका आवश्यकता पूरा गर्दै आनन्दले बाँच्न पाउने गरी नागरिकले नयाँ जीवनको अनुभूति गर्ने खालको समाज रूपान्तरण गर्न चाहेको बताउनुभयो । ‘अब नागरिकले आनन्दले बाँच्न पाइयो, दैनिक जीवनका आवश्यकता पूरा पनि भयो र हामीले नयाँ जीवन पायौँ भनेर अनुभूति गर्न पाओस्’, उहाँले भन्नुभयो, ‘भ्रष्ट, अपराधी, दलाल र तस्करले भने अब हाम्रा दिन गएछ भनेर बुझ्ने दिन आओस्, हामी त्यस्तो देश बनाउन चाहान्छौँ ।’

    उहाँले सङ्घीय सरकारले देशको सामाजिक र आर्थिक क्षेत्रको रूपान्तरणका लागि सुशासन र समृद्धिको अभियानलाई केन्द्रविन्दु राखेर अघि बढेको बताउनुभयो । ‘सरकार सबै खालका अपराधमाथि नियन्त्रण गर्दै र त्यसमा संलग्न दोषीलाई कानुनको कठघरामा ल्याउने र कारबाही गर्ने प्रक्रियामा अघि बढिरहेको छ’, गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘दोषीलाई कारबाही गर्दा अब त पुग्यो भनेर विश्राम लिने पक्षमा छैनौँ, नेपालमा सुशासन स्थापित गर्न र नागरिकलाई विकासको प्रतिफल दिनका लागि हामी निरन्तर दृढतापूर्वक अगाडि बढ्नेछौँ ।’

    गृहमन्त्री श्रेष्ठले मन्त्रीलाई धम्की दिएर, घेराबन्दीमा राखेर गलत प्रवृत्ति बोकेका कसैको पनि सपना पूरा हुन नदिने बताउनुभयो । ‘मन्त्रीलाई काम गर्न नदिएर, सरकारलाई अप्ठेरो पारेर भ्रष्टाचारविरुद्धको अभियान रोकिन्छ भनेर कसैले नसोचे हुन्छ’, उहाँले भन्नुभयो, ‘हामी पदका लागि पदमा गएका होइनौँ, देश र नागरिकका निम्ति काम गर्न गएका हौँ’, जुन दिनसम्म पदमा बस्छौँ, देश र नागरिकका निम्ति समर्पित भएर काम गर्छौँ । यो अभियान विर्सजन गर्दैनौँ, यो अभियानलाई निरन्तर अगाडि बढाउँछौँ ।’रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.