सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागमती प्रदेशसभाको बैठक तत्काल बोलाउन एमाले संसदीय दलको माग


  •    न्युजभित्तो/२८ श्रावण २०८०, आईतवार १७:०६ 
  • बागमती, २८ साउन ।  बागमती प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ । एमाले संसदीय दलले आज प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गरी प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको हो । “गत असार २१ गते अर्को सूचना नआउञ्जेल सम्मका लागि भनेर स्थगित गरिएको प्रदेशसभाको बैठक झन्डै डेढ महिना हुँदा पनि बस्न सकेको छैन”, नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले भन्नुभयो, “नागरिकहरु रोग र भोकसँग मात्र हैन विपद्सँग पनि लडिरहेका छन् । बढीपहिराले जताततै क्षति पु¥याइरहेको छ, दैनिक उपभोग्य वस्तुहरुको महँगी बढेर नागरिकहरु तड्पिरहेका छन् ।”

    उहाँले अधिकांश मन्त्रीहरु राजधानी हेटौँडा नबस्ने तथा जनताका समस्यामा भाग्ने गरेको आरोप लगाउनुभयो । “प्रदेशसभा सदस्यहरु जनताका आवाज बोल्न चाहन्छन् । तर, सरकार प्रदेशसभा बैठकका लागि व्यवस्था मिलाउन सकिरहेको छैन । गर्नुपर्ने धेरै कामहरु छन् तर सरकार मन्त्रालय फुटाउँदै मन्त्रीहरु थप्ने र राज्यलाई व्ययभार बढाउनेतर्फ केन्द्रित छ, प्रदेशसभालाई विजनेस दिन सकिरहेको छैन”, उहाँले भन्नुभयो ।

    सो अवसरमा एमालेका प्रमुख सचेतक मधुसूदन पौडेलले चामलको भाउ जनताले थेग्नै नसक्ने गरी बढ्दासमेत सरकारले ध्यान नदिएको बताउनुभयो । प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले जनताका समस्या समाधानमा सरकारको ध्यान जान नसकेको उल्लेख गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.