सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गलत गरेको प्रमाण दिन सक्नुहुन्छ भने म पदमा बस्दिनँ: अर्थमन्त्री महत


  •    न्युजभित्तो/२८ श्रावण २०८०, आईतवार १६:५७ 
  • काठमाडौं,२८ साउन । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले गलत गरेको कुनै प्रमाण आए आफू पदमा नबस्ने बताएका छन्। आइतबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दल बैठकमा बोल्दै उनले आफूले गलत काम नगरे पनि विभिन्न व्यक्तिहरूले आक्षेप लगाउने गरेको बताए।

    ‘ममाथि व्यक्तिगत प्रहार भइरहेका छन्, व्यर्थको लाञ्छना लगाउने काम भइरहेको छ,’ महतले भने, ‘किन ममाथि अनावश्यक शंका गर्ने?’

    आफूले केही गल्ती गरेको प्रमाण दिएमा पदमा नबस्ने पनि उनले बताए। ‘तपाईंहरूलाई लाग्छ, मैले गल्ती गरेको छु?, पदमा बसेर मैले केही गल्ती गरेँरु हो भने प्रमाण दिनुहोस्, म पदमा बस्दिनँ,’ उनले भने, ‘होइन भने आरोप नलगाउनुहोस्, अनेक प्रचार नगर्नुहोस्।’

    उनले पार्टीका नेतारकार्यकर्तामा अनुशासन र मर्यादा हुनुपर्ने पनि बताए।

    ‘हामी त एउटा संस्कारको अभ्यास गरेर आएको मानिस हो,’ पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘पार्टीका सदस्यहरू पनि मर्यादामा बस्नुपर्दछ।’

    उनले सुन प्रकरणमा छानबिन भइरहेको बताए। ‘सुन बरामद गरियो। बरामद नगरेको भए त प्रश्न नै आउँथेन होला नि,’ उनले भने, ‘हङकङलाई अर्थ मन्त्रालयबाट चिठी लेखेका छौं। को-को संलग्न छन् भनेर अनुसन्धान पनि भइरहेको छ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.