सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महिला औद्योगिक पार्कको सञ्जाल देशैभर आवश्यक रहेको छ : अर्थमन्त्री महत


  •    न्युजभित्तो/२६ श्रावण २०८०, शुक्रबार १६:०३ 
  • काठमाडौँ, २६ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा निर्माण भइरहेको नेपालको पहिलो महिला उद्यमी विशेष औद्योगिक ग्रामको सञ्जाल देशैभर विस्तार गर्न आवश्यक रहेको बताएका छन् ।

    दक्षिण एसियाली महिला मञ्चले आज काठमाडौैँमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसकेको र यसको काम प्राथमिकताका साथ अघि बढाइने बताए ।

    “महिला औद्योगिक पार्क निर्माणको काम अघि बढिसक्यो । यसलाई अब कसैले रोक्न सक्दैन । हेर्दा सामान्यजस्तो लाग्ने यो दूरगामी अवधारणासहितको परियोजना हो”, अर्थमन्त्री महतले भने, “महत्वपूर्ण सुरुआत भएको छ । यसलाई प्रभावकारीरुपमा कार्यान्वयनमा लैजानुपर्छ । देशैभरि यसको सञ्जाल विस्तार गर्नुपर्छ ।”

    नेपालको ठूलो श्रमशक्ति विदेशिरहेकाले स्वदेशमै रोजगारी सिर्जना गर्न र उत्पादन बढाउनका लागि यो औद्योगिक पार्कले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको उनको भनाइ थियो । ग्रामीण र आधुनिक अर्थतन्त्र निर्माणमा महिलाको भूमिका बढिरहेको र यसलाई राज्यले पनि प्राथमिकताका साथ प्रवद्र्धन गर्ने नीति लिएको अर्थमन्त्री डा. महतले बताए ।

    “देशैभरि लघुउद्यम व्यवसायमा महिलाको सहभागिता छ । घरघरमा उत्पादन भएका विभिन्न सामग्री व्यवसायीले निर्यात गरिरहेका छन् । सूचना प्रविधि क्षेत्रमा पनि सहभागिता बढ्दै गएको छ”, उनले भने, “अहिले कृषि व्यवसायमा धेरै ठूलो सम्भावना देखिएको छ । सूचना प्रविधि अर्को अवसरको क्षेत्र हो । महिला उद्यमीले उत्पादन गरेको वस्तुको प्रविधिलाई भरपूर उपयोग गरेर बजारीकरण गर्नुपर्छ ।”

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकाको सहकार्यमा सार्वजनिक–निजी साझेदारी अवधारणामा यस्तो ओद्योगिक पार्क निर्माण भइरहेको छ । गत जेठ दोस्रो हप्ता बसेको मन्त्रिपरिषद् बैठकले पाँचखालमा महिला उद्यमी विशेष औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको थियो ।

    नेपालको हरित औद्योगिक अवधारणालाई एकीकृत जलवायु परिवर्तन अनुकूल बनाउनका लागि ‘कृषि–पर्यटन हरित औद्योगिक पार्क’ लाई ब्रान्डका रुपमा प्रचार गरिने जनाइएको छ । यो परियोजना नेपालमा पहिलो र दक्षिण एसियामा दोस्रो हो । यो औद्योगिक पार्कमा कृषि खाद्य क्षेत्रका साथै पर्यटन केन्द्रित सेवा क्षेत्रसँग सम्बन्धित ५० वटा साना उद्योग स्थापना गरिने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.