स्थापना हुँदैदेखि हाम्रो पार्टीले सामाजिक न्यायको आवाज उठाउँदै आएको छ: ओली
न्युजभित्तो/२५ श्रावण २०८०, बिहीबार १६:४६
काठमाडौं,२५ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आदिवासी जनजातिमाथिको उत्पीडनको कुरा उठाउँदा मजाक उडाउनेहरू नै अहिले पहिचानको हिमायती बन्न थालेको भन्दै टिप्पणी गरेका छन्। अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको सन्दर्भमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै पहिचानको राजनीति भन्दै समाजमा साम्प्रदायिक घृणा, विद्वेष र कलह फैलाउन खोजिएको समेत बताए।
‘म गर्वका साथ भन्न चाहन्छु। हाम्रो पार्टी स्थापना हुँदैदेखि सामाजिक न्याय, समानताको आवाज उठाउने पार्टी हो। अस्तिसम्म मात्रै हामीले आरक्षणको कुरा गर्दा, ३३ प्रतिशत महिला आरक्षणको कुरा गर्दा, उत्पीडित समुदायको आरक्षणको कुरा गर्दा, आदिवासी जनजातिहरू माथिको उत्पीडन अन्त्यको कुरा गर्दा, उहाँहरूको सहभागिता यथोचित ढंगले हुनुपर्छ भन्दा हाम्रो मजाक उडाउनेहरू आज त्यसको हिमायती हुन खोजेका छन्,’ उनले भने।
अहिले तिनै तत्त्वहरू अर्को रङ बदलेर पहिचानको राजनीति भन्दै साम्प्रदायिक घृणा, विद्वेष र कलहको राजनीति गर्न खोजिरहेको उनको आरोप थियो।