सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आगामी निर्वाचनमा विदेश बस्ने नेपाली निर्णायक हुने देखियो: वर्षमान पुन


  •    न्युजभित्तो/२४ श्रावण २०८०, बुधबार १६:३८ 
  • काठमाडौँ,२४ साउन । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले आगामी निर्वाचनमा विदेशमा बस्ने नेपाली निर्णायक हुने बताएका छन् । प्रविधिको उच्चतम विकास र प्रयोगका कारण विदेशमा बसेका नागरिकको हैसियत मुलुकभित्रको राजनीतिक समीकरण नै बदल्न सक्ने अवस्थामा पुगेको उनले बताए ।

    माओवादी केन्द्रको विशेष प्रदेश कमिटी इन्चार्जको जिम्मेवारी सम्हाल्ने क्रममा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार पुनले नागरिकका घरघरमा गएर राजनीतिक दलले संगठन निर्माण गर्ने अवस्थाको अन्त्य हुन लागेको बताएका हुन् ।

    ‘आजको युग प्रविधिको युग हो । पहिला जसरी नेता र कार्यकर्ता घरघरमा गएर संगठन बनाउने र विचार राख्ने अवस्था अब नरहन सक्छ,’ उनले भने, ‘प्रविधिका कारण अबका निर्वाचनमा देशभित्रका भन्दा विभिन्न शिलशिलामा देशबाहिर रहेका नेपाली निर्णायक हुनेजस्तो देखिएको छ ।’ राजनीतिक दलको वैचारिक बहसको थलो पनि विदेशमा रहेका नेपालीबीच हुन लागेको उनको भनाइ थियो ।

    पार्टी सदस्यदेखि सबै कमिटीका नेता कार्यकर्ताले आफ्ना एजेन्डाबारे सामाजिक सञ्जालबाट बहस सञ्चालन गर्नुपर्ने भन्दै पुनले निर्देशन दिएका थिए । हरेक घरमा डिजिटल बहस हुने गरेको भन्दै एकै घरमा पनि फरकफरक विचारका मानिस हुन थालेको उनको भनाइ थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.