सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केन्द्रीय समिति बैठक समापनअघि प्रचण्डले बोलाए पदाधिकारी बैठक


  •    न्युजभित्तो/२१ श्रावण २०८०, आईतवार १२:२५ 
  • काठमाडौं,२१ साउन । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न गर्नुअघि पदाधिकारी बैठक बोलाएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटरमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले बैठकमा उठाएका प्रश्नको जवाफ तयार पार्नेबारे छलफल भइरहेको एक नेताले बताए । साथै संगठनात्मक कार्यविभाजन, विधान अधिवेशन लगायतका विषयबारे पनि पदाधिकारी बैठकमा छलफल भइरहेको छ ।

    नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक साउन १७ गतेदेखि प्रज्ञा भवन कमलादीमा जारी छ । बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको मौखिक प्रतिवेदन र उनीलगायत शीर्ष नेताहरूको जीवन शैलीलाई लिएर गम्भीर प्रश्नहरू उठाएका छन् ।

    साथै, केहीले पार्टी अध्यक्ष प्रचण्डको जबर्जस्त प्रशंसा समेत गरेका छन् । बैठकमा उठेका प्रश्नको जवाफ आज अध्यक्ष प्रचण्डले दिएपछि बैठक समापन हुने छ । आज अन्तिम दिनको बैठक दिउँसो १ बजे बस्दै छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.