सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अर्थतन्त्र चलायमान बनाइराख्न पुँजीगत खर्च बढाउछौँः अर्थमन्त्री महत


  •    न्युजभित्तो/१९ श्रावण २०८०, शुक्रबार १६:३५ 
  • काठमाडौँ,१९ साउन । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र थप चलायमान बनाउन पुँजीगत खर्च बढाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।
    नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा महतले विगतमा पुँजीगत खर्च कम हँुदा आर्थिक वृद्धिदर कम भएको बताउनुभयो । विगतमा अर्थतन्त्रमा देखिएको समस्या बिस्तारै समाधान हुँदै गएको भन्दै उहाँले  छिल्लो समय विदेशी मुद्रा सञ्चितिको अवस्थामा सुधार आएको उल्लेख गर्नुभयो । उहाँले उच्च ब्याजदरका कारण कर्जा प्रवाहमा देखिएको समस्या समाधानमा सरकार लागेको उहाँको भनाइ छ ।
      उहाँले राजस्व सङ्कलन गर्ने निकायका कर्मचारीले गर्ने दुरुपयोग, त्रुटि, उदासिनता र निष्क्रियता मान्य नहुने भन्दै पारदर्शिता, राजस्व वृद्धिमा ध्यान निर्देशन दिइसकेको जानकारी दिनुभयो । मन्त्री महतले वर्तमान सरकारको मुख्य लक्ष्यलाई सुशासन, सेवा प्रवाहमा प्रभाविकारिताको प्रत्याभूति र विकास निर्माणलाई गति दिनुरहेको बताउनुभयो ।
    सो अवसरमा उहाँले दुई दशकदेखि बन्द वीरगञ्ज चिनी कारखानालगायतका रुग्ण उद्योग पुनःसञ्चालनका विषयमा सरकारले सम्भाव्यता अध्ययन गरिरहेको जानकारी दिनुभयो ।
    अर्थमन्त्री महतले वीरगञ्जस्थित कृषि औजार कारखाना मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याउन अर्थमन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रलाई तत्कालका लागि रु एक करोड बजेट उपलब्ध गराइसकेको पनि जानकारी दिनुभयो । उहाँले सरकारसँगको सम्झौताअनुसार केन्द्रलाई रु २५ करोड दिने उल्लेख भएको र त्योमध्ये हालका लागि रु एक करोड अर्थमन्त्रालयबाट निकासा भइसकेको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.