सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुन काण्ड पनि सामसुम हुन्छ: शेखर कोइराला


  •    न्युजभित्तो/१८ श्रावण २०८०, बिहीबार १३:४७ 
  • काठमाडौ,१८ साउन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एक सय किलो सुन प्रकरण सामसुम पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौं शाखाको पदस्थापन समारोहमा कोइरालाले भ्रष्टाचारको एक काण्डलाई सामसुम पार्न अर्को काण्ड ल्याउने गरिएकोले सुन प्रकरण पनि सामसुम हुने बताए ।

    ुएउटा इस्यु आउँछ त्यसलाइ गर्दागर्दै अर्को इस्यु आउँछ अनि पुरानो इस्यु साइड लागिहाल्छ,कोइरालाले भने । सुन तस्करीमा माथिल्लै तहका व्यक्तिहरू संलग्न रहेको उनको आशंका छ । उनले भ्रष्टाचार र तस्करीका नाइकेहरू छुट्ने तर टिप्पणी उठाउने शाखा अधिकृतहरू जेल पर्ने खालका गतिविधि भइरहेको बताए ।

    ुटिप्पणी उठाउने शाखा अधिकृतहरू जेलमा हुन्छन् निर्णयकर्ता छुट्छ्न । सुन काण्ड पनि सामसुम हुन्छ । किनकि माथि कोही न कोही इन्भल्व छ, कोइरालाले भने । उनले सुन तस्करीमा संलग्न नेपालीहरू विचौलियाका पनि विचौलिया रहेको कुरा खुलिरहेको बताए । १३ सय टन खपत हुने भारतमा ८ सय टन मात्र आयात गर्दो रहेछ । नेपालीहरू विचौलियाको पनि विचौलिया रहेछन् । नेपालबाट कति सुन गइरहेको होला । त्यसमा को नेपाली इन्भल्वभन्दा पनि नेपालको सुरक्षा नाजुक रहेछ भन्ने देखाउँछ, कोइरालाले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.