सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संवादमार्फत सहकारीपीडितको माग सम्बोधन गर्न माग


  •    न्युजभित्तो/३१ असार २०८०, आईतवार १६:१४ 
  • काठमाडौँ,३१ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको माग सम्बोधन गर्न माग गर्नुभएको छ ।
    सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको वैठकमा आकस्मिक समयमा आफ्नो धारणा राख्नुहुँदै महामन्त्री शर्माले भन्नुभयो– “सहकारीकर्मीहरु आन्दोलनमा छन् । केही सहकारीकर्मीका कारण सयौँ सहकारी आलोचित भएका छन्, सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने सहकारीकर्मीसँग संवादमार्फत माग पूरा गर्न आग्रह गर्न चाहन्छु ।”
    हरेक दुई वर्षमा नेपाली श्रमिकको न्यूनतम ज्याला तोकिने व्यवस्था भए पनि सरकारले कुनै चासो नदेखाएको उहाँले गुनासो गर्नुभयो । “ज्याला वृद्धि गर्ने सन्दर्भमा सरकार रोजगारदाता र श्रमिकका प्रतिनिधिबीच संवाद मार्फत समस्या टुङ्गोमा पु¥याउने विषयमा सरकार गम्भीर हुनुपर्छ”, महामन्त्री शर्माले भन्नुभयो । महामन्त्री शर्माले आजै नयाँ वानेश्वरमा ट्रेड युनियन कांग्रेसले गरेको प्रदर्शनमार्फत समेत न्यूनतम ज्याला निर्धारण गर्ने सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
    सांसद गोकुलप्रसाद बाँस्कोटाले देशैभर रहेको गुठीसँग सम्बन्धित समस्या समाधानका निम्ति आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो सरकार, हाम्रा राजनीतिक दल सबै हामी समाजवादी हौँ भन्छौँ र किसानलाई न्याय दिन्छौँ भन्छौँ तर जसले पुस्तौँदेखि जमिन जोतीरहेको छ,  तर आज पनि उनीहरुको जमिन दर्ता हुन सकेको छैन ।” सिन्धुपाल्चोकका अधिकांश नागरिक गुठी समस्याले पीडित भएको उहाँले उल्लेख गर्नुभयो ।
    सांसद सोविता गौतमले देशका विभिन्न क्षेत्रमा भएका हवाई दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “संसारमा यातायातका साधनमध्ये सबैभन्दा सुरक्षित मानिने हवाई यातायात नेपालमा सबैभन्दा असुरक्षित देखिएको छ, उडान सुरक्षाको अवस्था निरन्तर ओरालो लागेको छ, यो नियामकीय असक्षमता हो ।” उहाँले नेपालमा हवाईसम्बन्धी पृथक, विशिष्टीकृत र सशक्त नियामक निकायको आवश्यकता औँल्याउनुभयो ।  रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.