सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार गरिने


  •    न्युजभित्तो/३१ असार २०८०, आईतवार १३:४१ 
  • काठमाडौँ,३१ असार । चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो ।
    त्यसैगरी सो मोर्चाले आफ्नो सङ्गठन सातै प्रदेशका ७७ जिल्लामा विस्तार गर्ने योजना बनाएको नेकपा ९एकीकृत समाजवादी० का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
    उहाँका अनुसार केन्द्रमा चारवटै पार्टीबाट बढीमा पाँच÷पाँच जनासम्म र प्रदेशमा तीन÷तीन तथा जिल्लामा दई÷दुई जना चारवटै पार्टीबाट समेटिनेगरी मोर्चा बनाइनेछ ।
    यसैगरी समाजवादी मोर्चाले आगामी साउन १२ देखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्ने भएको पनि उपाध्यक्ष पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “मोर्चाको नेतृत्व चार÷चार महिनामा परिवर्तन हुनेछ, साउन १२ गतेदेखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्नेछौँ ।” हालै गठन भएको सो मोर्चाको नेतृत्व हाल नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले गर्दै आउनु भएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.