अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए संसद्अवरूद्ध गर्ने: रवि लामिछाने
न्युजभित्तो/२९ असार २०८०, शुक्रबार १६:१९
काठमाडौँ,२९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन अवरूद्ध गर्ने चेतावनी दिएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले सरकारमै रहेका केही दलको स्वार्थका कारण आज विधेयक नल्याइएको पनि बताए।
‘यसभन्दा अगाडिको बैठकमा सुनियो, मिटरब्याजको अध्यादेश शून्यमा गयो। प्रतिस्थापन विधेयकमार्फत अघि बढ्न सक्थ्यो भन्ने चर्चा चल्यो। प्रतिपक्षीहरू यसको विपक्षमा छन् भन्ने भ्रम छर्न खोज्यो। आजको कार्यसूचीमा किन आएनरु कसका कारणले रोकियो। राष्ट्रिय स्वतन्त्र पार्टी मिटरब्याजबाट पीडित भएकाहरूको पक्षमा छ। सरकारलाई यो विधेयक यथाशीघ्र सदनमा ल्याउन आग्रह गर्न चाहन्छ। मिटरब्याजका पक्षमा जीवनमरणको दोसाँधमा नागरिक छन्। उनीहरूको पीडाको सम्बोधन गर्नुपर्छ। कसको स्वार्थले ल्याएनरु यो सदनलाई थाहा हुनुपर्छ,’ उनले भने।
संवेदनशील विषय कार्यसूचीमा रहेकाले आज अवरूद्ध नगर्ने तर अर्को बैठकमा ल्याउन उदासीनता देखाए प्रतिवाद गर्ने बताएका छन्।