सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मानिस व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदा देश बर्वाद भयोः उपप्रधानमन्त्री श्रेष्ठ


  •    न्युजभित्तो/२९ असार २०८०, शुक्रबार १२:५३ 
  • काठमाण्डौं, २९ असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जीवनको सार्थकता र मूल्यबोध गराउने कुरामा मनन गर्न आवश्यक भएको बताएका छन् । 

    शुक्रबार काठमाडौंमा आयोजित भानुभक्त स्मृति दिवसको अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले मानिस व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदा देश बर्वाद बनेको बताएका हुन् । 

    उनले भने, ‘हाम्रो नेपाली समाजलाई चेतनशील बनाउन जीवनको सार्थकता हरेकलाई बोध गराउन र समाजिक कर्तव्य निर्वाह गर्नको लागिर न्यायको पक्षमा भूमिका निर्वाह गर्नको लागि ठूलो उद्घोषण हो । यो समान्य होईन् । जीवनको सार्थकता र मूल्यबोध गराउने कुरामा मनन गर्न आवश्यक छ । हामी व्यक्तिगत स्वार्थमा केन्द्रित हुने र व्यक्तिगत रुपमा कसरी सुविधायुक्त जीवन विताउने भन्ने कुरामा मात्र केन्द्रित हुँदा हाम्रो देश बर्वाद हुने खतरा र आफ्नो जीवन पनि ध्वस्त हुने खतरा हुन्छ ।’ 

    देश समाज र आफ्नो जीवनलाई बचाउँने हो भने नेपालीहुनुको सार्थकतालाई बोध गर्न आवश्यक छ । यसको लागि भानुभक्तबाट सिक्न आवश्यक भएको उनको भनाइ छ । उनले भने, ‘लालफित्ता साही धेरै बढी भएको छ । संविधान र कानूनअनुसार हुने काम पनि हामी ढिलो ढिलो  गरिदिन्छौं । र जनताले त्यसबाट प्रताडित हुनु परेको छ । र यो कुरा समान्य कुरा होइन्, त्यसैले हामी सबैले आत्मसाथ गर्नु छ । ’ 

    नेपाली भाषामा भानुभक्तले पु-याएको योगदानलाई सम्झँदै आगामी दिनमा सबैले आफ्नो आफ्नो ठाउँबाट योगदान दिने अपेक्षा लिएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.