सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संघीय संसदका दुवै सदनको बैठक आज


  •    न्युजभित्तो/२४ असार २०८०, आईतवार ११:०८ 
  • काठमाडौं,२४ असार। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहालको विवादास्पद अभिव्यक्तिलाई लिएर गत मंगलबारदेखि संसद् अवरुद्ध छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएर दुवै सदन चल्न दिएको छैन।

    राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजेर ३१ मिनेटमा बोलाइएको छ भने प्रतिनिधिसभाको बैठक १ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ। यद्यपी आजका दुवै बैठक एमालेले चल्न नदिने अडानमा छ। एमालेका प्रमुख सचेतक पदम गिरिले प्रधानमन्त्रीको राजीनामा नआउन्जेल सदन कुनै पनि हालतमा पनि चल्न नदिने बताए।

    संसद्का काम कारबाही नियमित गराउन सभामुखले प्रधानमन्त्री दाहाल र एमाले संसदीय दलका नेता केपी शर्मा ओलीबीच संवाद गराउन प्रयास गरे पनि शनिबार त्यो सम्भव भएन। आफूलाई प्रधानमन्त्री बनाउन भारतीय यातायात व्यवसायी सरदार प्रितम सिंह पटक(पटक दिल्ली धाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको विवादित अभिव्यक्तिले उनी पदमा रहिरहने नैतिक आधार गुमाएको निष्कर्षका साथ एमालेले संसद् अवरुद्ध गरेको हो।

    आफ्नो अभिव्यक्तिका विषयमा संसद्‍मा स्पष्टीकरण दिन प्रधानमन्त्री तयार भए पनि एमालेले राजीनामा नै माग गरेको छ। एमाले आफ्नो एकपक्षीय अडानबाट पछि नहटेर लगातार संसद् अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच संवाद गराउन पहल गरिरहेका छन्। सत्ता गठबन्धन दलले प्रधानमन्त्रीले संसद्‍मा जवाफ दिनुपर्ने तर राजीनामा दिनु नपर्ने निष्कर्ष निकालिसकेको छ। त्यति गर्दा पनि एमालेले मानेको छैन।

    गठबन्धनले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गरे पनि कांग्रेस र नेकपा एकीकृत समाजवादीकै केही नेता प्रधानमन्त्रीले बोल्दा बिचार पुर्‍याउनु पर्ने बताउँदै आएका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.