नेपाली उत्पादित वस्तुलाई भारतीय बजारमा बेच्नेबारे मोदीसँग सकारात्मक छलफल भयोः प्रधानमन्त्री प्रचण्ड
न्युजभित्तो/२४ जेष्ठ २०८०, बुधबार १४:३९
काठमाण्डौ, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा विद्युत् र ऊर्जाको क्षेत्रमा महत्त्वपूर्ण समझदारी भएको बताए।
राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै नेपाली उत्पादित वस्तुलाई भारतीय बजारमा बेच्नेबारे सकारात्मक छलफल भएको उनको भनाइ छ। उनले भने, ‘नेपालले सामना गरिरहेको व्यापार घाटाको विषयलाई पनि गम्भीर छलफल भएको छ। दुई पक्षीय व्यापारलाई अझै सहज बनाउनको लागि नेपाल भारत वाणिज्य सन्धिको पुनरावलोकन गर्नेबारे पनि निर्देश भएको छ।’
उनले दुई देशबीच देखिएको सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न भारतीय प्रधानमन्त्री सकारात्मक रहेको प्रष्ट्याए।
उनले दुई देशबीचको सम्बन्धको बारेमा मोदीसँग खुलस्त कुरा राखेको पनि दाबी गरे।