सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भविष्यसम्म जनताले सम्झिने केही काम होस् भन्ने चाहनाका साथ भोलि भारत जाँदैछु: प्रधानमन्त्री प्रचण्ड


  •    न्युजभित्तो/१६ जेष्ठ २०८०, मंगलवार १५:१९ 
  • काठमाडौं,१६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा सकेसम्म राम्रो गर्न कोसिस गर्ने बताएका छन् । नभए नराम्रो चाहिँ नगर्ने उनले बताए ।

    माओवादी सल्लाहकार समिति र जेष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले भविष्यसम्म जनताले सम्झिने केही काम होस् भन्ने चाहनाका साथ भोलि भारत जान लागेको बताए ।

    ठूलो बजारको सुनिश्चितता नहुँदा नेपालको विद्युतमा ठूलो लगानी आउन नसकेको भन्दै उनले बजार सुनिश्चित गर्ने सम्भावना रहेको बताए । बंगलादेशसम्म नेपालको विद्युत व्यापारको बाटो खोल्न सके भविश्यसम्म सम्झने काम हुने उनको भनाइ छ । उनले अघि भने, ‘पञ्चेश्वर २६ वर्षदेखि रोकिएर बसेको छ । त्यसलाई मात्र ठिक ढंगले खुलाउन सक्ने हो भने राम्रो गर्छ ।’

    ट्रेड एण्ड ट्रान्जिट सन्धिलाई टुंगोमा पु¥याउने, सीमा विवादको समाधान खोज्ने लगायतका एजेण्डा पनि रहेको उनले बताए । राम्रो गर्न बल गर्ने, सकिएन भने नराम्रो चाहिँ नगर्ने आफ्नो नीति रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले लिएको संकल्प यत्ति हो भोलि राम्रो गर्न सकिए ठीक छ, सकिएन भने नराम्रो गरेर चाहिँ नआउने ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.