सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तीन सन्तानलाई स्नातकोत्तर गराउने एकल आमा सम्मानित


  •    न्युजभित्तो/२० आश्विन २०७६, सोमबार १३:३२ 
  • झापा । तीन सन्तानलाई स्नातकोत्तर अध्ययन गराउन सफल विर्तामोड नगरपालिका–२ चारपानेकी एकल महिला मायादेवी रिजाललाई सम्मान गरिएको छ ।

    साहित्यकारद्वय कृष्ण धराबासी र कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापित ‘आमा सम्मान’ बाट उहाँ सम्मानित हुनुभएको हो । सम्मानमा प्रमाणपत्रसहित रु ११ हजार नगद प्रदान गरिएको थियो ।

    प्रतिष्ठानका अध्यक्ष कुमार भट्टराईले मिर्गौला पीडित श्रीमान् शिवप्रसाद रिजालको असामयिक निधनपछि अनेक दुःखकष्ट सहेर आफ्ना नाबालक तीन छोराको लालनपालन गरी सामाजिक संस्कारसँगै शिक्षादीक्षा दिएर प्रतिष्ठित तथा आर्थिक सवल बनाउन सफल भएको हुँदा उहाँलाई आइतबार शनिश्चरेमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिएको बताउनुभयो ।

    मायादेवीका सन्तानमध्ये जेठा राजनप्रसाद र माइला भक्तराज यतिखेर सरकारी जागीरमा आबद्ध छन् भने कान्छा छोरा पनि जागीरका लागि तयारी गरिरहेका छन् । समाजमा स्थापित हुन छोराछोरीलाई अभिप्रेरित गरिरहेका एकल आमालाई विगत आठ वर्षदेखि प्रतिष्ठानले सम्मान गर्दै आएको अध्यक्ष भट्टराईले बताउनुभयो । यो सम्मानबाट यसअघि आठ जना सम्मानित भइसकेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.