सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रविका ड्राइभरको मृत्यु प्रकरणमा एमाले नेता महेश बस्नेतले उठाएका गम्भीर प्रश्न


  •    न्युजभित्तो/२१ बैशाख २०८०, बिहीबार ११:२५ 
  • काठमाण्डौं, २१ वैशाख । रास्वपा सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) मृत्यु प्रकरणमा पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतले गम्भीर प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो गम्भीर प्रश्न उठाएका हुन् ।

    रामराजा श्रेष्ठले सामाजिक सञ्जालमा राखेका धारणाको स्कृनशट राख्दै बस्नेतले ९ बुँदामा प्रश्न उठाएका छन् ।

    उनले पूरै चुनावी प्रचारमा हिँडेका शम्भु सम्भवतः पुरै निगरानीमा रहेको र रक्सी कहाँबाट किने, कसले किनिदियो ? बिहान ४ बजेसम्म पूर्व गृहमन्त्रीको घरमा कसरी रक्सी खाए ? लगायतका विषय उठान गरेका छन् ।

    उनले पीए र चालक ९० प्रतिशत जानकारी राख्ने व्यक्ति भएको भन्दै हत्या वा आत्महत्या जे भए पनि गम्भीर विषय भएको बताएका छन् । बस्नेतले प्रधानमन्त्री र अन्य शीर्ष नेतालाई भेटेपछि मात्रै किन मृत घोषणा गरियो? भन्ने विषय पनि लगातार उठाएका छन् ।

    चितवनमा रवि लामिछानेको घरको छतबाट वैशाख ४ गते बिहान खसेका चालक थापाको दुई दिनअघि उपचारकै क्रममा मृत्यु भएको थियो ।

    यस्ता छन् महेश बस्नेतले उठाएका ९ बुँदे विषय

    १. पुरै समय चुनाबि प्रचार रबि संगै हिडेका शम्भु सम्भब त पुरै निगरानिमा थिए । रक्सि काहाबाट किने ,कस्ले किन्दियो? ,पुर्ब गृह मन्त्रीको सुरक्षा घेरा भित्रको घर भित्र बसेर ४ बजे सम्म कसरि खाए ? सुन्दा सबै घटना बनावटि जस्तो लाग्छ । अत्म हत्या , दुर्घटना या कसैले मारेको पनि हुन सक्छ जे होस रहस्य के हो कस्ले किन के कारण यो गर्यो खोजिगरौ ?

    २.पुर्व गृह मन्त्रीको घरमा उसका कर्मचारीहरु रातभर रक्सि खाएर जे पायो तेही गर्ने बाताबरण हुन्छ र रु समान्य मान्छेको घमा नि तेस्तो हुन्न ।

    ३. रक्सि खाएर पिसाब फेर्न कौशिमा निस्क्यो चुरोट खान निस्क्यो । रबिको घर दुर्गम क्षेत्रमा हो रु घर भित्र तयष्भित हुदैन , छैन र? ,तल्लो तलामा बसेको भए चुरोट खान बाहिर जन सक्थ्यो मालिकले थाहा पाउला भनेर रु माथिल्लो तलामा बस्ने मान्छे राति ४ बजे चुरोट खान किन बाहिर जान्छ बडि गए झ्यालको छेउ सम्म जाला, बाहिर जाँदैन ।

    ४. पि ए र ड्राइभर नेताका ९०५ बिषय थाहा पाउने ब्यक्ति हुन । उनको आत्महत्या या हत्या जे भएको भए पनि गम्भिर बिषय हो ।

    ५. रबिको ड्राइभर को आवाज दुर्घटनाकै दिन भेण्टिलेटरमा राख्नु अघिको हो भनिन्छ । छानबिन किन नगरेको र?

    ६. तेही बेला उनको मृत्यु भैसकेको कुरा थियो चुनाब जिते पछि , बिजय जुलुस सकेपछि , प्रचण्डलाई भेटेर सहमति गरेपछि अरु शिर्ष नेतालाई भेटे पछि मात्र मृत घोषणा गरियो

    ७. उठेका प्रश्नको जबाफ दिन सक्ने कुनै तर्क र नैतिक बल छैन अनि अन्ध भक्त र परिचालित लठैत लगाएर वार रुम चलाएर अस्लिल गालि गर्ने , Haker लगाएर आलोचना गर्ने media र social media block गर्ने , फोन गरेर धम्काउने रबिको अर्को गम्भिर (cyber crime ) अपराध हो ।

    ८.यो सबैको उचित छानबिन गर्नु पर्यो प्रचण्ड सरकार १ आफ्नो पद जोगाउन मुन्टो नलुकाउ पासपोर्ट काण्ड मुद्धा नचलाउने निर्णय गरे जस्तै गलत सम्झौता नगर

    ९. रामराजा श्रेष्ठ को टुवैट बाट पनि बिषय रहस्य्मय छ बन्ने देखिन्छ । हेर्नु होला ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.