सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतमा उपचार गर्दा भएको खर्च आफैँ बेहोर्ने राष्ट्रपति पौडेलको चाहना


  •    न्युजभित्तो/१९ बैशाख २०८०, मंगलवार १३:१७ 
  • काठमाडौँ,१९ बैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफैँ बेहोर्ने चाहना राखेको छन् । सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे तीव्र आलोचना भएपछि राष्ट्रपति पौडेलले व्यक्तिगत खर्चमै उपचार गर्ने चाहना राखेका हुन् ।

    राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वंमले बेहोर्न चाहेको जानकारी दिएका हुन् ।

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतमा गरेको उपचार खर्च आफैं ब्यहोर्ने घोषणा गर्न राष्ट्रपति पौडेललाई सुझाव दिएका थिए । हिजो सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रपति पौडेलको उपचारमा सरकारी ढुकुटीको रकम खर्च हुन नहुने बताएका थिए ।

    गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुन नहुने बताएका थिए । उनले राष्ट्रपति पौडेललाई उपचार खर्च आफै व्यहोर्छु भनेर सार्वजनिक गर्न आग्रहसमेत गरेका थिए ।

    राष्ट्रपति पौडेल ११ दिन स्वास्थ्य उपचार गरेर गत आइतबार नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका थिए । उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार भएको थियो ।

    यस्तो छ हेर्नुहोस् राष्ट्रपतिको स्वकीय सचिवालयले निकालेको प्रेस नोट

     राष्ट्रपति पौडेलको घोषणा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.