कांग्रेस जोगाउन देशव्यापी अभियान सुरु गरेका शेखरले भने- पार्टी छाड्ने कार्य म रोक्छु
न्युजभित्तो/१५ बैशाख २०८०, शुक्रबार १३:३६
काठमाडौँ,१५ वैशाख। नेपाली कांग्रेसमा जागरण तथा रुपान्तरणका लागि कांग्रेसका नेता डा. शेखर कोइरालाले आजबाट देशव्यापी अभियान सञ्चालन सुरु गरेका छन् । कोइरालाले यो अभियानका क्रममा सबै जिल्ला पुगेर कार्यकर्ता र जनतासँग पनि भेट्ने र कुरा सुन्ने छन् ।
डा. कोइरालाका अनुसार आज विराटनगरमा कार्यकर्ता भेटघाट र भेला गरेर देशव्यापी अभियान सुरु हुन्छ ।
उनले भने, ‘अहिले ठाउँ-ठाउँमा कांग्रेसका कार्यकर्ताले पार्टी छाडेका खबर आइरहेका छन्, म त्यसलाई रोक्न प्रयास गर्छु । यसक्रममा म जनतालाई पनि भेट्छु ।’