कर नतिरेको भन्दै राजस्व कार्यालयले दुर्गा प्रसाईंलाई दियो १५ दिने ‘अल्टिमेटम’
न्युजभित्तो/१३ बैशाख २०८०, बुधबार १६:२०
काठमाडौं,१३ वैशाख। आन्तरिक राजस्व कार्यालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयकर नतिरेको भन्दै १५ दिने ‘अल्टिमेटम’ दिएको छ। प्रसाईंले सञ्चालन गरेको अस्पताल बिएण्डसी मेडिकल कलेजको आम्दानीको आयकर नतिरेको आन्तरिक राजस्व कार्यालय, भद्रपुर, झापाले जनाएको छ।
बक्यौता रकम दाखिलाका लागि अटेर गरेको भन्दै प्रसाईंलाई १५ दिनको समय दिएको हो। पटक पटक पत्राचार, फोन सम्पर्क तथा संकलन भ्रमणका माध्यमबाट आयकर र मूल्यअभिवृद्धि कर दाखिला गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएकाले सार्वजनिक सूचना जारी गरिएको कार्यालयले जनाएको छ।