सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा विद्युतीय तार भूमिगत गर्ने काम मेयर दाहालद्वारा निरीक्षण


  •    न्युजभित्तो/१२ बैशाख २०८०, मंगलवार १५:२९ 
  • चितवन,१२ वैशाख। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुख्य सडक क्षेत्रमा भइरहेको बिजुलीको तार भूमिगत गर्ने कार्यको निरीक्षण गरेकी छन् ।

    भरतपुरको मुख्य सडकमा विद्युत्, इन्टरनेट, टेलिफोनलगायतको तारलाई भूमिगत गर्ने काम भइरहेको छ । भरतपुरकी मेयर दाहालले भूमिगत आयोजनाका कर्मचारीसँग अहिले भइरहेको कार्य प्रगति र काम भइरहेको स्थानबारे जिज्ञासा राखेकी छन् । अहिले ६ लेन सडक र बाइपास सडकमा धमाधम काम भइरहेको छ । आयोजनाका अनुसार अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ । यो वर्षभित्र काम सक्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।

    भरतपुर महागनरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई भूमिगत विद्युतीकरणसँगै सौन्दर्यकरण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको बताइन् । दाहालले विद्युत् बितरण प्रणाली भूमिगत तथा सुदृढीकरणले भरतपुरको सौन्दर्यतालाई बढाएर स्मार्ट सिटीकारुपमा विकास गर्न सहयोग पुग्ने विचार राखिन् ।

    भरतपुरमा निर्माणाधीन ६ लेन सडक, बाइपासरोड र आँपटारीदेखि पुलचोकसम्म पहिलो चरणमा काम थालनी गरिएको छ । आयोजनाका अनुसार पहिलो चरणमा ३१३ किलोमिटर सडकमा दुवैतर्फ विद्युतीय तार भूमिगत हुनेछ । आयोजनाका इञ्जिनियर आन्नद सुवेदीले भरतपुरको भूमिगतको कार्य तीब्ररुपमा अगाडि बढेको जानकारी दिए । भूमिगतका लागि पाइप बिछ्याउने काम लगभग सकिएको बताए । विदेशबाट सामान आएकाले अब हुने काम सहज ढंगबाट अघि बढ्ने सुवेदीले बताए ।

    भरतपुर विद्युत् प्राधिकरणका प्रमुख रामु श्रेष्ठले भूमिगत विद्युतीय प्रणालीले सुरक्षित, भरपर्दो हुने र यसले सहरी सौन्दर्यता कायम राख्नसमेत मद्दत पुग्ने बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.