सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन-२ र तनहुँ-१ का कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सभापति देउवाले ९ दललाई पठाए अनुरोध पत्र


  •    न्युजभित्तो/५ बैशाख २०८०, मंगलवार १५:५२ 
  • काठमाडौं,५ वैशाख। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन-२ र तनहुँ-१ मा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सत्ता गठबन्धन सम्बद्ध ९ दल अनुरोध पत्र पठाएका छन् । वैशाख १० गते उपनिर्वाचन हुने सत्ता गठबन्धन दलबाट तनहुँ– १ मा गोविन्द भट्टराई र चितवन–२ मा जीतनारायण श्रेष्ठ कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सत्ता गठबन्धन सम्बद्ध ९ दल अनुरोध पत्र पठाएका हुन् ।

    वैशाख ३ मा देउवाले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीका अध्यक्षलाई अनुरोध पत्र पठाएका हुन् ।

    ‘गठबन्धन दलका यी उम्मेदवारहरूलाई विजयी गराउन आ–आफ्नो दलका तर्फबाट पार्टी पङ्क्तिलाई अझ प्रभावकारी परिचालन गर्नुपर्ने आवश्यकता दृष्टिगत गरेर यो अनुरोध पत्र पठाएको छु,’ देउवाको पत्रमा उल्लेख छ,‘ उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारहरू विजयी गराएर गठबन्धनलाई राष्ट्रिय स्तरमा अझ कसिलो बनाएर अघि बढ्नु छ ।’

    सत्ता गठबन्धन सम्बद्ध ९ दलका पंक्तिलाई अझ व्यापक परिचालन गरी गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतले विजयी बनाउन सबै तहलाई आवश्यक निर्देशन र परिचालनका लागि देउवाको अनुरोध छ । नागरिक उन्मुक्ति पार्टीले चितवन–२ र तनहुँ १ मा पनि उम्मेदवार उठाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.