सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन क्षेत्र नं २ मा मतदान हुन केहि दिनमात्रै बाँकी, अझै विकासको एजेण्डा स्पष्ट छैनन्


  •    न्युजभित्तो/४ बैशाख २०८०, सोमबार ११:२७ 
  • चितवन,४ वैशाख । चितवन क्षेत्र नं २ मा उपनिर्वाचन हुन अब ६ दिन मात्रै बाँकी छ । मतदानको अघिल्लो दुई दिन मौन अवधि हुने भएकाले उम्मेदवार तथा दलहरुले उपनिर्वाचनको प्रचारप्रसार गर्न पाउने समय चार दिन मात्रै बाँकी छ । मतदान हुन केहि दिनमात्रै बाँकी रहँदा पनि उमेदवारले विकासको स्पष्ट एजेण्डा प्रस्तुत गर्न सकेका छैनन् ।

    उम्मेदवारहरु स्टण्डबाजी र आरोपप्रत्यारोपमै केन्द्रित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका चितवन २ का उम्मेदवार रवि लामिछाने निर्वाचन आचारसंहिता विपरित घण्टी बोकेर घरदैलोमा हिँडिरहेका छन् । रास्वपाका नेता र समर्थकले पनि घण्टी बजाउँदै हिड्ने गरेका छन् ।

    लामिछानेले आफ्नो व्यक्तिगत कमजोरीको स्पष्टिकरण दिन समय खर्चिनुपरेको छ । आफुविरुद्ध घेराबन्दी भएको उनले बताउने गरेका छन् । नागरिकता मुद्धामा अदालतले लामिछानेलाई दोषी ठहर गरेपछि उनको सांसद पद खारेज भएको हो । उनले कुनै दल र उम्मेदवारको आलोचना भने गरेका छैनन् ।

    धर्मचोकमा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले जुन रुखमा फल लाग्छ त्यहि रुखमा झटारो हान्ने गरिएको बताए । ‘मैले त्रुटिको सजाय भोगेर आएको छु । जनतासमक्ष माफी मागेको छु’, उनले भने, ‘म कुनै दल तथा उम्मेदवारको आलोचना गर्दिन । सबै दलगत शक्तिहरु हामीविरुद्ध खनिएका छन् ।’

    नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले भने रवि लामिछानेको चर्काे आलोचना गर्दै आएका छन् । आफुहरु चितवनकै माटोमा जन्मिएको र यहिँ राजनीति गरेको भन्दै उनीहरुले रविले चुनाव जिते फेरि उपनिर्वाचन हुने दाबी गर्छन् ।

    एमाले उम्मेदवार न्यौपानेले बाहिरबाट आएका उम्मेदवारलाई स्वागत गर्न नहुने बताउँछन् । ‘बाहिरबाट व्यवसाय गर्न आउनेलाई वेलकम गर्न सकिन्छ । घुम्न आउनेलाई वेलकम गर्न सकिन्छ । तर यहाँको जनप्रतिनिधि यहिँको समस्या बुझेको, यहिँको माटोमा हुर्किएको र यहिँको राजनीतिबाट खारिएको हुनुपर्छ’, उनले भने । राज्यका नीति निर्माणका आफुले पहल गर्ने बताउँदै उनले सुकुम्बासीको व्यवस्थापनलगायत जनताको पक्षमा राम्रो नीति बनाउन माग गर्ने बताए ।

    कांग्रेस उम्मेदवार श्रेष्ठले आफु कान्छो युवा उम्मेदवार भएको र चितवन २ मै राजनीति गरेर खारिएको बताए । ‘एक रुपैयाँ भ्रष्टाचार गरे मैले आमाको रगत खाए सरह हुनेछ’, आइतबार एक कार्यक्रममा बोल्दै उनले भने, ‘म चितवनकै माटोमा जन्मे हुर्केको मान्छे हुँ । जितेर गएपछि कुनै एउटा पनि नराम्रो काम गर्ने छैन ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.