सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

२ करोड अडियो प्रकरणबारे निर्णय गर्न रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै


  •    न्युजभित्तो/२९ चैत्र २०७९, बुधबार १३:२८ 
  • काठमाडौँ,२९ चैत्र। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे निर्णय गर्न केन्द्रीय समितिको बैठक बस्दै छ ।

    रास्वपा केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे काठमाडौँको वसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

    यसअघि जुम मिटिंगबाट बैठक गर्ने भनिएपनि बैठकमा भाग लिन चितवनमा रहेका रास्वपा सभापति रवि लामिछाने र केन्द्रीय सदस्यहरूलाई काठमाडौँ आउने भएका हुन् ।

    रास्वपा केन्द्रीय समितिको बैठकलगत्तै पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्ने तयारी पनि गरिएको छ । रास्वपाले कठोर निर्णय गरेका उनी पार्टीको साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन तथा संसदबाट समेत हटाउन संसद् सचिवालयमा पत्र पठाउन सक्ने छ ।

    श्रेष्ठ र प्रसाईंबीचको टेप प्रकरणले चितवनको चुनावमा असर पार्ने कोसिस भएको भन्दै सभापति लामिछाने निकै आक्रोशित भएका छन् । यता श्रेष्ठले पार्टीले कारबाही गरे ‘कोर टिम’ सार्वजनिक गरिदिने चेतावनी दिएका छन् ।

    उनले आफूलाई अप्ठेरो परेका बेला पार्टीले सहयोग गर्नुपर्ने बताउँदै पार्टीले आफूलाई मात्र कडा कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएका हुन् । अडियो टेपको छानबिन गर्न गठित पार्टीको अनुशासन तथा आचरण समितिलाई बयान दिने क्रममा उनले हिजो यस्तो चेतावनी दिएका थिए ।

    उनले आफूलाई फसाउन खोजिएर अप्ठ्यारो परेका बेला आफूलाई एक्लो पारिए कोर टिमका बारेमा सार्वजनिक रूपमा बोल्न बाध्य हुनेछु भनेर उनले धम्की दिएका थिए । पार्टीले कारबाही गरेर साधारण सदस्यसमेत नरहने अवस्था आएमा आफूले कोर टिमको खुलासा गरिदिने चेतावनी दिएका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.