सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रवि लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा बुझाए स्पष्टिकरणको जवाफ


  •    न्युजभित्तो/२८ चैत्र २०७९, मंगलवार ११:५१ 
  • चितवन,२८ चैत । चितवन क्षेत्र नं २ का उमेदवार रवि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोधेको स्पष्टिकरणको जवाफ पेश गरेका छन् । लामिछानेले खामबन्दी गरेर पठाएको स्पष्टिकरणको जवाफलाई कार्यालयले सोमबार निर्वाचन आयोगमा पठाएको छ ।

    ‘उहाँले सोमबार स्पष्टिकरणको जवाफ पठाउनुभएको थियो । हामीले यहाँबाट पनि सोमबार नै निर्वाचन आयोगमा पठाएका छौँ’, मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले भने, ‘उजुरी र स्पष्टिकरणको जवाफलाई खामबन्दी गरेर हुलाकमार्फत पठाएका हौँ ।’

    युवराज पौडेल (सफल)ले दर्ता गरेको उजुरीका आधारमा कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेलाई ७ दिनको समय दिएर स्पष्टिकरण सोधेको थियो । लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई पुनः नागरिकता लिएको भन्दै चैत २२ गते पौडेलले इमेलमार्फत निर्वाचन अधिकृतको कार्यालयमा उजुरी हालेका थिए ।

    रविविरुद्ध परेको अन्य तीन वटा उजुरीमाथि भने दाबी विरोध नपुग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्णय गरेको थियो । अमेरिकी स्थायी आवासिय अनुमति पत्र त्यागेको तीन महिना नपुग्दै रविले उमेदवारी दिएको भन्दै उजुरी परेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.