भरतपुरमा खुल्यो जग्गाको कित्ताकाट, महानगरले यसरी ग-यो जग्गाको वर्गीकरण
न्युजभित्तो/१७ फाल्गुन २०७९, बुधबार ०९:४०
भरतपुर, १७ फागुन । भरतपुर महानगरपालिका भित्र जग्गाको कित्ताकाट खुलेको छ । महानगरले जग्गाको वर्गीकरण गरेसँगै कित्ताकाट खुलेको हो ।
महानगरले जग्गालाई विभिन्न दश क्षेत्रमा वर्गीकरण गरेको छ । सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र, औद्योगिक क्षेत्र, व्यवसायिक क्षेत्र, आवासीय क्षेत्र, कृषि क्षेत्र र नेपाल सरकारले तोकेका अन्य क्षेत्र गरी जग्गाको वर्गीकरण गरिएको छ ।
भूउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ बमोजिम महानगरभित्रका समग्र जग्गाको वर्गीकरण गर्न भूउपयोग कार्यान्वयन समिति गठन गरी जग्गाको वर्गीकरण गरिएको हो । उक्त समितिले सहयोग कार्यदल बनाई कार्यदलले पेश गरेको मापदण्डका आधारमा छलफल गरी जग्गाको वर्गीकरण गरिएको महानगरका उपप्रमुख चित्रसेन अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार कार्यपालिका बैठकले जग्गाको वर्गीकरणको मापदण्ड स्वीकृत गरी स्थानीय भूउपयोग परिषद्लाई सिफारिस गरेको हो । जग्गाको वर्गीकरणसँगै तोकिएको मापदण्ड अनुसार कित्ता काट खुल्ला भएको उहाँका भनाई छ । आज महानगरपालिकाले नापी र मालपोत कार्यालयहरुमा पत्राचार गरेसँगै भोलिबाट कित्ताकाटको काम शुरु हुने उपप्रमुख अधिकारीले न्यूजभित्तोलाई बताउनुभयो ।
महानगरले गरेको वर्गीकरण यस्तो छ:
१. सार्वजनिक उपयोगको क्षेत्रः – विभिन्न किसिमका यातायात पूर्वाधार (जस्तै बसपार्क, सडक पेटी, सडक, बाटो, रेल्वे, पुल, विमानस्थल) सार्वजनिक रुपमा उपयोग हुने क्षेत्रले ओगटेको क्षेत्र, शहरी क्षेत्रको खुल्ला हरित क्षेत्र, बगैंचा, पार्क, चिडियाखाना, पिकनिक स्पट, खेल पूर्वाधार तथा मैदान लगायत रहेको सार्वजनिक स्थल – सार्वजनिक आवागमन हुने प्राकृतिक वा मानव निर्मित सम्पदा वा पूर्वाधार रहेको स्थल र सोले चर्चेको जग्गा – सार्वजनिक रुपमा उपयोग हुने मनोरञ्जन स्थल, चौर, फाँट, चौतारा, टुँडिखेल, हाटबजार लाग्ने स्थल, अन्त्यष्टि स्थल, फोहोर ब्यवस्थापन स्थल लगायत सोले चर्चेको जग्गा – सरकारी, सार्वजनिक र सामुदायिक विद्यालय, विश्वविद्यालय लगायत शिक्षण संस्थाले चर्चेको जग्गा – भरतपुर महानगरपालिकाको सार्वजनिक जग्गा संरक्षण समिति बाट अभिलेख भएको सम्पूर्ण जग्गाहरु
२. नदी, खोला, ताल, सिमसार क्षेत्रः – नदी, खोला तथा सोको जलप्रवाहको क्षेत्र, किनारा, डिल र बगर क्षेत्र समेत, नहर तथा सोको डिल, प्राकृतिक ताल, पोखरी तथा सोको डिल, साविकको नदी वा खोला बगेको र हाल नदि, खोला उकास भइ बगर वा ढुंग्यान कायम रहेको क्षेत्र, – बग्ने पानी नभए पनि पानी जमेको वा जम्ने सम्भावना भएको सिमसार वा रामसार क्षेत्र
३. खानी तथा खनिज क्षेत्रः – नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह बाट स्वीकृति प्राप्त गरी खनिजजन्य पदार्थ तथा ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्ने क्षेत्रलाई खानी तथा खनिज क्षेत्रमा बर्गीकरण गर्ने
४. वन क्षेत्र: – पूर्ण वा आंशिक रुपले रुख तथा वनस्पतिले ढाकिएको जग्गा, – सरकारी, सामुदायिक, कबुलियती, धार्मिक लगायत सबै प्रकारका वनजंगल रहेको जग्गा, – रुख तथा बनस्पति नभएको भएता पनि अन्य प्रयोजनको रुपमा वर्गीकरण नभएको झाडी, – बुट्यान आदि भएको जग्गा, प्राकृतिक चरन, राष्ट्रिय निकुन्ज, बन्यजन्तु आरक्ष, मध्यवर्ती क्षेत्र तथा संरक्षित क्षेत्र रहेको जग्गा, – पानीको मुहानलाई संरक्षण गर्न हुर्काइएको रुख तथा बनस्पतिले ढाकेको सरकारी वा सार्बजनिक जग्गा, – नदी उकासबाट प्राप्त गरी निजी जग्गा बाहेकका बन क्षेत्रका लागि तोकिएको जग्गा र प्रचलित बन सम्बन्धी कानून बमोजिम बन क्षेत्र जनिएको जग्गा
५. साँस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्रः
– विभिन्न समुदायले धार्मिक, साँस्कृतिक वा परम्परागत रुपमा पूजा, अर्चना वा उपासना गर्ने स्थल, – विश्व सम्पदा सूचीमा रहेका ऐतिहासिक, धार्मिक, संस्कृतिक क्षेत्र, विभिन्न ऐतिहासिक दरबार, भबन, किल्ला, गढी, स्तम्भ, ढाँचा, निर्माण वा अन्य स्थल नेपाल सरकारले पुरातात्विक महत्वको भनी परिभाषित गरेको वा संरक्षण गर्ने भनी तोकेको क्षेत्र
६. औद्योगिक क्षेत्रः – कुनै वस्तु वा कच्चा पदार्थ उत्पादन गर्ने उद्योग वा वर्कशप रहेको स्थल, सो प्रयोजनको लागि निर्माण भएको घर वा टहरा तथा उद्योग संचालनको लागि प्रयोग भएको जग्गा – खाद्यान्न प्रशोधन, उपभोग्य बस्तु, पेय पदार्थ उत्पादन तथा प्रशोधन स्थल तथा सो प्रयोजनका लागि छुट्याइएको जग्गा, – विभिन्न मेसिनरी औजार, यन्त्र उपकरण, सवारी साधन निर्माणस्थल, तथा सो को लागि छुट्याइएको जग्गा, कपडा तथा पोशाक उत्पादन स्थल तथा सो प्रयोजनका लागि छुट्याइएको जग्गा, – सजावट सामग्री, निर्माण सामग्री, काष्ठजन्य उद्योग संचालनमा रहेको स्थल तथा सो प्रयोजनका लागि छुट्याइएको जग्गा, – कुनै उद्योग संचालन तथा रेखदेख गर्न आवश्यक घर टहरा तथा वर्कशपले चर्चेको जग्गा तथा कच्चा पदार्थ भण्डारण गर्न उपयोग गरिएको जग्गा, – उद्योगबाट उत्पादित फोहोरजन्य पदार्थको बिसर्जन गर्ने प्रयोजनका लागि प्रयोग भएको जग्गा – नेपाल सरकार उद्योग मन्त्रालय, प्रदेश उद्योग मन्त्रालयबाट स्वीकृत भइ काम भइरहेको २० – २१ नं वार्ड मा रहेको उद्योगग्राम हाल संचालनमा रहेका उद्योग रहेका जग्गाहरु – औद्योगिक क्षेत्रमा वर्गीकरण गर्ने तथा अन्य प्रस्तावित क्षेत्र
७. व्यावसायीक क्षेत्र – पुल्चोकदेखि गोन्द्राङ्गसम्म र बाइपास सडकको सडक अधिकार क्षेत्र सिमानाबाट १०० मिदायाँ बायाँ पर्ने जग्गाहरु – हाल चलन चल्तीमा रहेका सम्पूर्ण पसल, बैंक तथा वित्तीय संस्था, होटेल, रिसोर्ट हाटबजार लाग्ने स्थल, पर्यटकीय गतिविधि हुने क्षेत्र, गोदाम तथा भण्डारण, – – अस्पतालका क्षेत्रहरु, शैक्षिक संस्थाहरु, मनोरन्जन स्थलहरु, संचार सेवा उपलब्ध हुने स्थल, कुनै पनि बस्तु वा यन्त्र उपकरणको मर्मतसम्भार तथा भण्डारण – गरिएको स्थल, सरकारी सार्बजनिक वा निजि क्षेत्र समेतले सेवा प्रदान गर्न स्थापना गरेको कार्यालय तथा तिनले चर्चेको जग्गा – बजार क्षेत्र (करिब पचास व्यावसायीक कारोबार रहेको स्थल) को केन्द्र विन्दुबाट सडकको लम्बाइ तर्फ २००÷२०० मि. र सडक अधिकार क्षेत्र छोडेर ८० मि दायाँ बायाँ भित्र पर्ने जग्गा ।
८. आवासीय क्षेत्र – सडक पूर्वाधार पुगेको ६ मिटर र ६ मिटर भन्दा साना सडकहरुमा सडक सिमानापछिको ५० मिटर दायाँ बायाँको क्षेत्र । – ६ मि भन्दा ठुला सडकहरुमा सडक सिमानापछिको ७० मिटरसम्म दायाँ बायाँको क्षेत्र । – व्यावसायीक क्षेत्र तोकिएको क्षेत्र पछि सडक पूर्वाधार पुगेको क्षेत्रहरुमा थप ५० मि – आवासीय क्षेत्र
९. कृषि क्षेत्र – माथि उल्लिखित क्षेत्र बाहेकका सम्पूर्ण क्षेत्रलाइ कृषि क्षेत्रमा बर्गीकरण गर्ने,
१०. नेपाल सरकारले तोकेका अन्य क्षेत्र नेपाल सरकारले तोकेको अवस्थामा सोही अनुसार गर्ने ।
भरतपुर, १७ फागुन । भरतपुर महानगरपालिका भित्र जग्गाको कित्ताकाट खुलेको छ । महानगरले जग्गाको वर्गीकरण गरेसँगै कित्ताकाट खुलेको हो ।
महानगरले जग्गालाई विभिन्न दश क्षेत्रमा वर्गीकरण गरेको छ । सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र, औद्योगिक क्षेत्र, व्यवसायिक क्षेत्र, आवासीय क्षेत्र, कृषि क्षेत्र र नेपाल सरकारले तोकेका अन्य क्षेत्र गरी जग्गाको वर्गीकरण गरिएको छ ।
भूउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ बमोजिम महानगरभित्रका समग्र जग्गाको वर्गीकरण गर्न भूउपयोग कार्यान्वयन समिति गठन गरी जग्गाको वर्गीकरण गरिएको हो । उक्त समितिले सहयोग कार्यदल बनाई कार्यदलले पेश गरेको मापदण्डका आधारमा छलफल गरी जग्गाको वर्गीकरण गरिएको महानगरका उपप्रमुख चित्रसेन अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार कार्यपालिका बैठकले जग्गाको वर्गीकरणको मापदण्ड स्वीकृत गरी स्थानीय भूउपयोग परिषद्लाई सिफारिस गरेको हो । जग्गाको वर्गीकरणसँगै तोकिएको मापदण्ड अनुसार कित्ता काट खुल्ला भएको उहाँका भनाई छ । आज महानगरपालिकाले नापी र मालपोत कार्यालयहरुमा पत्राचार गरेसँगै भोलिबाट कित्ताकाटको काम शुरु हुने उपप्रमुख अधिकारीले न्यूजभित्तोलाई बताउनुभयो ।
महानगरले गरेको वर्गीकरण यस्तो छ:
१. सार्वजनिक उपयोगको क्षेत्रः
– विभिन्न किसिमका यातायात पूर्वाधार (जस्तै बसपार्क, सडक पेटी, सडक, बाटो, रेल्वे, पुल, विमानस्थल) सार्वजनिक रुपमा उपयोग हुने क्षेत्रले ओगटेको क्षेत्र, शहरी क्षेत्रको खुल्ला हरित क्षेत्र, बगैंचा, पार्क, चिडियाखाना, पिकनिक स्पट, खेल पूर्वाधार तथा मैदान लगायत रहेको सार्वजनिक स्थल
– सार्वजनिक आवागमन हुने प्राकृतिक वा मानव निर्मित सम्पदा वा पूर्वाधार रहेको स्थल र सोले चर्चेको जग्गा
– सार्वजनिक रुपमा उपयोग हुने मनोरञ्जन स्थल, चौर, फाँट, चौतारा, टुँडिखेल, हाटबजार लाग्ने स्थल, अन्त्यष्टि स्थल, फोहोर ब्यवस्थापन स्थल लगायत सोले चर्चेको जग्गा
– सरकारी, सार्वजनिक र सामुदायिक विद्यालय, विश्वविद्यालय लगायत शिक्षण संस्थाले चर्चेको जग्गा
– भरतपुर महानगरपालिकाको सार्वजनिक जग्गा संरक्षण समिति बाट अभिलेख भएको सम्पूर्ण जग्गाहरु
२. नदी, खोला, ताल, सिमसार क्षेत्रः
– नदी, खोला तथा सोको जलप्रवाहको क्षेत्र, किनारा, डिल र बगर क्षेत्र समेत, नहर तथा सोको डिल, प्राकृतिक ताल, पोखरी तथा सोको डिल, साविकको नदी वा खोला बगेको र हाल नदि, खोला उकास भइ बगर वा ढुंग्यान कायम रहेको क्षेत्र,
– बग्ने पानी नभए पनि पानी जमेको वा जम्ने सम्भावना भएको सिमसार वा रामसार क्षेत्र
३. खानी तथा खनिज क्षेत्रः
– नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह बाट स्वीकृति प्राप्त गरी खनिजजन्य पदार्थ तथा ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्ने क्षेत्रलाई खानी तथा खनिज क्षेत्रमा बर्गीकरण गर्ने
४. वन क्षेत्र:
– पूर्ण वा आंशिक रुपले रुख तथा वनस्पतिले ढाकिएको जग्गा,
– सरकारी, सामुदायिक, कबुलियती, धार्मिक लगायत सबै प्रकारका वनजंगल रहेको जग्गा,
– रुख तथा बनस्पति नभएको भएता पनि अन्य प्रयोजनको रुपमा वर्गीकरण नभएको झाडी,
– बुट्यान आदि भएको जग्गा, प्राकृतिक चरन, राष्ट्रिय निकुन्ज, बन्यजन्तु आरक्ष, मध्यवर्ती क्षेत्र तथा संरक्षित क्षेत्र रहेको जग्गा,
– पानीको मुहानलाई संरक्षण गर्न हुर्काइएको रुख तथा बनस्पतिले ढाकेको सरकारी वा सार्बजनिक जग्गा,
– नदी उकासबाट प्राप्त गरी निजी जग्गा बाहेकका बन क्षेत्रका लागि तोकिएको जग्गा र प्रचलित बन सम्बन्धी कानून बमोजिम बन क्षेत्र जनिएको जग्गा
५. साँस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्रः
– विभिन्न समुदायले धार्मिक, साँस्कृतिक वा परम्परागत रुपमा पूजा, अर्चना वा उपासना गर्ने स्थल,
– विश्व सम्पदा सूचीमा रहेका ऐतिहासिक, धार्मिक, संस्कृतिक क्षेत्र, विभिन्न ऐतिहासिक दरबार, भबन, किल्ला, गढी, स्तम्भ, ढाँचा, निर्माण वा अन्य स्थल नेपाल सरकारले पुरातात्विक महत्वको भनी परिभाषित गरेको वा संरक्षण गर्ने भनी तोकेको क्षेत्र
६. औद्योगिक क्षेत्रः
– कुनै वस्तु वा कच्चा पदार्थ उत्पादन गर्ने उद्योग वा वर्कशप रहेको स्थल, सो प्रयोजनको लागि निर्माण भएको घर वा टहरा तथा उद्योग संचालनको लागि प्रयोग भएको जग्गा
– खाद्यान्न प्रशोधन, उपभोग्य बस्तु, पेय पदार्थ उत्पादन तथा प्रशोधन स्थल तथा सो प्रयोजनका लागि छुट्याइएको जग्गा,
– विभिन्न मेसिनरी औजार, यन्त्र उपकरण, सवारी साधन निर्माणस्थल, तथा सो को लागि छुट्याइएको जग्गा, कपडा तथा पोशाक उत्पादन स्थल तथा सो प्रयोजनका लागि छुट्याइएको जग्गा,
– सजावट सामग्री, निर्माण सामग्री, काष्ठजन्य उद्योग संचालनमा रहेको स्थल तथा सो प्रयोजनका लागि छुट्याइएको जग्गा,
– कुनै उद्योग संचालन तथा रेखदेख गर्न आवश्यक घर टहरा तथा वर्कशपले चर्चेको जग्गा तथा कच्चा पदार्थ भण्डारण गर्न उपयोग गरिएको जग्गा,
– उद्योगबाट उत्पादित फोहोरजन्य पदार्थको बिसर्जन गर्ने प्रयोजनका लागि प्रयोग भएको जग्गा
– नेपाल सरकार उद्योग मन्त्रालय, प्रदेश उद्योग मन्त्रालयबाट स्वीकृत भइ काम भइरहेको २०
– २१ नं वार्ड मा रहेको उद्योगग्राम हाल संचालनमा रहेका उद्योग रहेका जग्गाहरु
– औद्योगिक क्षेत्रमा वर्गीकरण गर्ने तथा अन्य प्रस्तावित क्षेत्र
७. व्यावसायीक क्षेत्र
– पुल्चोकदेखि गोन्द्राङ्गसम्म र बाइपास सडकको सडक अधिकार क्षेत्र सिमानाबाट १०० मिदायाँ बायाँ पर्ने जग्गाहरु
– हाल चलन चल्तीमा रहेका सम्पूर्ण पसल, बैंक तथा वित्तीय संस्था, होटेल, रिसोर्ट हाटबजार लाग्ने स्थल, पर्यटकीय गतिविधि हुने क्षेत्र, गोदाम तथा भण्डारण, – – अस्पतालका क्षेत्रहरु, शैक्षिक संस्थाहरु, मनोरन्जन स्थलहरु, संचार सेवा उपलब्ध हुने स्थल, कुनै पनि बस्तु वा यन्त्र उपकरणको मर्मतसम्भार तथा भण्डारण – गरिएको स्थल, सरकारी सार्बजनिक वा निजि क्षेत्र समेतले सेवा प्रदान गर्न स्थापना गरेको कार्यालय तथा तिनले चर्चेको जग्गा
– बजार क्षेत्र (करिब पचास व्यावसायीक कारोबार रहेको स्थल) को केन्द्र विन्दुबाट सडकको लम्बाइ तर्फ २००÷२०० मि. र सडक अधिकार क्षेत्र छोडेर ८० मि दायाँ बायाँ भित्र पर्ने जग्गा ।
८. आवासीय क्षेत्र
– सडक पूर्वाधार पुगेको ६ मिटर र ६ मिटर भन्दा साना सडकहरुमा सडक सिमानापछिको ५० मिटर दायाँ बायाँको क्षेत्र ।
– ६ मि भन्दा ठुला सडकहरुमा सडक सिमानापछिको ७० मिटरसम्म दायाँ बायाँको क्षेत्र ।
– व्यावसायीक क्षेत्र तोकिएको क्षेत्र पछि सडक पूर्वाधार पुगेको क्षेत्रहरुमा थप ५० मि
– आवासीय क्षेत्र
९. कृषि क्षेत्र
– माथि उल्लिखित क्षेत्र बाहेकका सम्पूर्ण क्षेत्रलाइ कृषि क्षेत्रमा बर्गीकरण गर्ने,
१०. नेपाल सरकारले तोकेका अन्य क्षेत्र
नेपाल सरकारले तोकेको अवस्थामा सोही अनुसार गर्ने ।