सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हुथी विद्रोहीद्वारा राष्ट्रसंघको रोहबरमा ३५० कैदी रिहाइ


  •    /१३ आश्विन २०७६, सोमबार २३:४३ 
  • साना, (रासस/सिन्ह्वा) / यमनी हुथी विद्रोहीद्वारा राष्ट्रसंघको रोहवरमा ३५० कैदी रिहा गर्ने उक्त समूहको अल मसिरा टेलिभिजनले सोमबार जानकारी गराएको छ ।

    “सोमबार स्वतन्त्र भएका कैदीहरूको रिहाई कैदीहरू आदानप्रदानका लागि स्कटहोममा राष्ट्रसंघको नेतृत्वमा यमनी सरकार र विद्रोहीका प्रतिनिधिबीच भएको सहमति अनुसार भएको छ,” हुथी विद्रोही समूहका कैदीमामिला हेर्ने समितिका प्रमुख अब्दुलकादेर अल–मुर्तादाले भन्नुभयो ।

    “हामीले अर्को पक्षसँग सोही कदम चाल्न आग्रह गर्दछौँ”, उहाँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संयुक्त राष्ट्रसंघबाट यसबारे कुनै प्रतिक्रिया आइसकेको छैन । यमनको विद्रोही हुथी समूह र सरकारले स्टकहोममा गत वर्षको डिसेम्बरमा भएको वार्तामा सात हजार युद्धबन्दीको आदानप्रदान गर्ने सहमति भएको थियो ।

    तर सहमतिपछि दुवै समूहले सम्झौतालाई कायान्वयन गर्न सकेका थिएनन् । सम्झौता अनुरूप विद्रोहीको प्रभाव क्षेत्र होडैडा वन्दरगाह शहरबाट सेनालाई हटाउने बिषयमा विवाद बल्झिँदा गृहयुद्धको वृहद् राजनीतिक समाधानका लागि पहिलो चरणमा गरिने भनिएको युद्धबन्दीको आदानप्रदानका लागि भएको सहमति पालनामा समस्या भएको थियो ।

    सोमबारको कदम यमनको युद्ध अन्त्यका लागि गरिएको सहमति पालनाको पहिलो कार्य हो । यमनमा साउदी अरब नेतृत्वको सैनिक गठबन्धनले इरानको समर्थन प्राप्त हुथी विद्रोहीविरूद्ध यमनी सरकारलाई सघाउँदै आएको छ । यमनमा विगत चार बर्षदेखि साउदी अरब नेतृत्वको गठबन्धन सेनाले विश्व समुदायबाट समर्थन प्राप्त यमनी राष्ट्रपति अब्द– रब्ब मन्सुर हाडीको सरकारलाई सहयोग गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.