सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रुपन्देहीको देवदहमा एक दम्पती आफ्नै घरमा मृत फेला


  •    न्युजभित्तो/२१ कार्तिक २०७९, सोमबार ११:४१ 
  • रुपन्देही, कात्त्कि २१ । रुपन्देहीको देवदहमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् । देवदह नगरपालिका–५ पाल्पाली टोलमा सोमबार बिहान श्रीमान श्रीमतीको मृत अवस्थामा फेला परेको हो ।प्रहरीका अनुसार घर भित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत फेला परेको थिए ।

    श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पंखामा झुण्डिएको अवस्थामा रहेको देवदह प्रहरी चौकीका प्रमुख गंगा बहादुर सारुले बताए । कोठाको भित्रबाट चुकुल लगाएको र घटनाको प्रकृति हेर्दा हत्यापछि आत्महत्या गरेको जस्तो देखिएपनि अनुसन्धान नगरी केही भन्न नसकिने प्रहरीले बताए । वैदेशिक रोजगारीबाट श्रीमान चार दिनमा अघि नेपाल फर्केका थिए ।

    त्यस्तै बालेन्द्र र हेमकलाका ८ वर्षीय छोरा आइतबार राती आफन्तको घरमा सुत्न गएको र बिहान घर आउँदा ढोका लागेको देखेर झ्याबाट हेर्दा आमा भुईंमा पल्टिएको र बुवा झुण्डिएको देखेपछि छिमेकीलाई खबर गरेका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.