सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा नियमित स्तनपान गराउनेको सङ्ख्या बढ्दै


  •    न्युजभित्तो/१६ कार्तिक २०७९, बुधबार १३:५० 
  • चितवन, कात्तिक १६। जिल्लामा नवजात शिशुलाई नियमित स्तनपान गराउनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कलाई हेर्दा शिशु जन्मिएपछि छ महिनासम्म पूर्ण स्तनपान गराउनेको सङ्ख्या बढ्दै गएको हो ।स्वास्थ्य कार्यालय चितवनले प्रकाशन गरेका वार्षिक प्रगति प्रतिवेदनअनुसार जिल्लामा गत आर्थिक वर्षमा ३० प्रतिशत बालबालिकाले छ महिनासम्म पूर्ण स्तनपान गरेका छन् । यो सङ्ख्या आर्थिक वर्ष २०७७-७८ मा १९ दशमलव ३ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०७६-७७ मा यो सङ्ख्या १७ दशमलव २ प्रतिशत रहेको थियो ।

    यस्तै तीन आर्थिक वर्षमा छ महिनापछि पूरक खाना खुवाउनेको सङ्ख्या पनि बढ्दो क्रममा रहेको कार्यालयको तथ्याङ्कले जनाएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत गीतागञ्जली ढकालका अनुसार आर्थिक वर्ष २०७८-७९ मा पूरक खाना खुवाउनेको सङ्ख्या ३२ दशमलव ६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७-७८ मा यो सङ्ख्या १७ दशमलव ९ प्रतिशत रहेको थियो भने २०७६-७७ मा १४ दशमलव ९ प्रतिशत थियो ।

    कार्यालयका गरेको वृद्धि अनुगमनका क्रममा १ दशमलव २ प्रतिशत बालबालिकामा कम तौल भएको पाइएको ढकालले जानकारी दिनुभयो । कम तौल हुनेमा राप्ती नगरपालिकामा धेरै रहेका छन् । आर्थिक वर्ष २०७७-७८ मा यस पालिकामा १० दशमलव ६ प्रतिशत बालबालिकामा कम तौल रहेको थियो भने आर्थिक वर्ष २०७८-७९ मा ३ दशमलव ५ मा झरेको छ । यो सङ्ख्या आर्थिक वर्ष २०७६-७७ मा ६ दशमलव ६ प्रतिशत रहेको थियो ।

    शिशु जन्मिएको छ महिनासम्म नियमित स्तनपान गराउँदा स्वस्थ पौष्टिक तत्व पाउने भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा खेमराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नियमित आमाको दूध सेवनले बच्चामा रोगसँग लड्नसक्ने क्षमता वृद्धि गर्ने, अन्य रोगको सङ्क्रमण कम हुने, बच्चाको वृद्धि विकास छिटो हुने गर्दछ ।

    आमाले आफ्नो शरीरको बनावट बिग्रने बहानामा बच्चालाई दूध खुवाउन छाड्ने गरेको भन्दै उहाँले त्यसो गर्नु बाल स्वास्थ्यका लागि नराम्रो भएको उहाँको भनाइ छ । छ महिनापछि पूरक खाना खुवाउँदा बच्चालाई थप पोष्टिक तत्व लिटो, जाउलो, भैँसीको दूध खुवाउँदा बालबालिका बढ्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

    आमाको दूधबाट अपुग हुने पदार्थको पूरक खानाबाट मिल्ने गरेको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “छ महिनापछि आमाको दूधले पौष्टिक तत्व पुग्दैन । यसका लागि पूरक खाना खुवाउनु पर्छ ।” शारीरिक तथा मानसिकरुपमा वृद्धि विकासका लागि पूरक खाना आवश्यक रहेको उहाँले बताउनुभयो । बच्चाको खानपानमा ध्यान नदिँदा तौलम कमी आउने डा पौडेलले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.