सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको पुल्चोक–गोन्द्राङ सडक विस्तारको ४५ प्रतिशत काम सकियो


  •    न्युजभित्तो/८ कार्तिक २०७९, मंगलवार १४:३० 
  • चितवन,कात्तिक ८। भरतपुरको पुल्चोक–गोन्द्राङ खण्डको सडक विस्तारको काम ४५ प्रतिशत सम्पन्न भएको छ । सडक विस्तारका लागि २०७७ असोज २६ गते इण्डो–सगुन–रौताहा जेभी बुटवलसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी फागुन १० गतेसम्म कम्पनीले सडक विस्तारको काम सम्पन्न गरिसक्नुपर्नेछ ।रु एक अर्ब १३ करोडको लागतमा विस्तार हुने पुल्चोक–गोन्द्राङ सडक छ लेनको हुनेछ । सडकको दायाँबायाँ ११.५–११.५ मिटर कालोपत्र हुनेछ भने सडकको बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन रहने छ ।

    साथै तीनदेखि चार मिटरको फुटपाथ हुनेछ भने सडकको बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरक–फरक हुनेछ । पुल्चोकबाट लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म फरक–फरक डिजाइन रहने सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।

    कार्यालयका अनुसार गोन्द्राङबाट चौबीसकोठीसम्म एक्सप्रेस वे (बीचको द्रुतमार्ग)को काम भइरहेको छ । एक्सप्रेस वेमा बेस र सवबेसको काम भइरहेको छ । उक्त काम सकिएपछि पहिलो तहको काम सुरु हुने डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जीनियर चण्डेश्वर शाहले जानकारी दिनुभयो ।

    उहाँका अनुसार गोन्द्राङबाट केन्द्रीय बस टर्मिनलसम्म भने पहिलो तहको काम हाल सम्पन्न भइसकेको छ । उक्त खण्डमा दोस्रो र तेस्रो तह एवं ढलको काम हुन बाँकी छ । केही दिनमै बसपार्कबाट चौबीसकोठीसम्म पहिलो तहको काम पनि सुरु हुनेछ । छेउको बाटो ९सर्भिस लेन०मा भने गोन्द्राङबाट चौबिसकोठीसम्म पहिलो तहको काम सम्पन्न भइसकेको छ ।

    एक्सप्रेस वेमा उच्चस्तरको बेस (डिभिएम)को पहिलो तहको काम सकिएपछि सर्भिस लेनमा दोस्रो र तेस्रो तहको काम सु्रु हुने उहाँले जानकारी दिनुभयो । त्यसपछि एक्सप्रेस वेमा पनि दोस्रो र तेस्रो तहको काम हुनेछ ।

    तिहारपछि चौबीसकोठीबाट पुल्चोकसम्मको काम पनि सुरु गरिने शाहले बताउनुभयो । उक्त खण्डमा बिजुली पोल, खानेपानीको पाइपको काम तथा केही संरचना भत्काउन पर्नेछ । हाल खानेपानीको पाइप हटाउनका लागि खानेपानी कार्यालयले बोलपत्र आह्वान गरिसकेको छ भने बिजुलीको पोल हटाउनका लागि विद्युत् कार्यालयसँग पनि समन्वय भइरहेको इञ्जीनियर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहको निर्वाचन तथा विभिन्न चाडपर्वका कारण कामले तीव्रता लिन सकेको थिएन । त्यसमाथि मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले पनि काम प्रभावित हुनसक्ने उहाँको भनाइ छ ।

    सम्झौता मिति सकिन चार महिनामात्रै बाँकी रहे पनि निर्माण कम्पनीले भने तोकिएकै मितिमा काम सम्पन्न गर्ने दाबीसमेत गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.