रत्ननगरको सौराहा चोकमा रहेको मोटरसाइकल ग्यारेजमा आगलागी
न्युजभित्तो/८ कार्तिक २०७९, मंगलवार ११:४१
चितवन,कात्तिक ८। चितवनको रत्ननगर स्थित मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ । रत्ननगर नगरपालिका १ सौराहा चोकमा रहेको न्यू कालिका आटो पार्टसमा आज विहान ३ः५० बजे आगलागी भएको हो ।खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाको दमकलले विहान ६ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
आगलागीबाट १२ वटा नयाँ र २० भन्दा बढि पुराना मोटरसाइकल जलेर क्षति भएको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।