सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको बुद्धचोकमा खुल्यो ‘आदर्श सुपर स्टोर्स’


  •    न्युजभित्तो/७ कार्तिक २०७९, सोमबार १२:४० 
  • चितवन, कात्तिक ७। पछिल्लो समयमा भरतपुर क्षेत्रभित्र डिपार्टमेन्टल स्टोर्स खुल्ने क्रम बढ्दै गएको छ । आइतबार भरतपुर महानगरपालिका–७ मा थप एक डिपार्टमेन्टल स्टोर्स ‘आदर्श सुपर स्टोर्स’ संचालनमा आएको छ । भरतपुर–७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले उक्त आदर्श सुपर स्टोर्सको समुद्घाटन गरे ।स्टोर्सका संचालक पवन अधिकारीले डिपार्टमेन्टल स्टोर्सको भीडमा थप गुणस्तरीय र सहुलियत स्टोर्स संचालनमा ल्याएको बताए । ‘अहिले धेरै स्टोर्सहरु खुल्ने क्रम सुरु भएको छ, यही बीचमा हामी स्तरीय र सहुलियत दिने उद्देश्यले डिपार्टमेन्टल स्टोर्स संचालनमा ल्याएका हौं’–संचालक अधिकारीले भने ।

    उनका अनुसार दुई तले यस स्टोर्स संचालन गर्दा ३ करोड खर्च भएको छ । पहिलो तलामा दैनिक उपभोग्य वस्तुहरु रहेका छन् भने दोस्रो तलामा भान्सामा प्रयोग हुने भाडाकुडालगायतका सामाग्रीहरु रहेका छन् । संचालक अधिकारीले ग्राहकको च्वाईसका लागि स्टोर्स संचालनमा ल्याएको तिहारको अवसरमा विशेष छुटको व्यवस्था गरिएको बताए । उनले सामान्यतया सबै सामानमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिए ।

    २ हजार ५ सय रुपैयाँ भन्दा बढीको सामान खरिद गर्दा एउटा लक्की ड्र कुपनको व्यवस्था गरिएको छ । जसमध्ये एक जना भाग्यशाली विजेताले वासिङ मेसिन उपहार पाउने छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.