सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा एक हजार सात सय ७० कृषकको छैन जमिन


  •    न्युजभित्तो/४ कार्तिक २०७९, शुक्रबार १४:१८ 
  • चितवन, कात्तिक ४ । जिल्लामा एक हजार सात सय ७० घरधुरी कृषकले अर्काको जग्गा भाडामा लिएर कृषि कर्म गर्दै आएका छन् । यसरी खेती गर्नेमा स्वदेशी तथा विदेशी नागरिक रहेका छन् । जिल्लामा रहेका एक लाख आठ हजार पाँच सय ७० घरधुरीमध्ये सो सङ्ख्याका कृषकले अर्काको जग्गामा खेती गर्दै आएका हुन् ।जग्गाको स्वामित्व हुने कृषकको सङ्ख्या एक लाख छ हजार आठ सय रहेको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा आफ्नो जग्गा हुने कृषकमध्ये शून्य दशमलव एक हेक्टरभन्दा कम जमिन हुने २६ हजार दुई सय ९० कृषक छन् । यस्तै शून्य दशमलव एकदेखि शून्य दशमलव दुई हेक्टरसम्म जमिन हुने १९ हजार आठ सय ९९ घरधुरी, ( दशमलव दुईदेखि ) दशमलव पाँच हेक्टरभन्दा कम हुने ४४ हजार एक सय ३७ घरधुरी, शून्य दशमलव पाँचदेखि एक हेक्टरभन्दा कम जमिन भएका १२ हजार तीन सय ३७ घरधुरी रहेका छन् ।

    एकदेखि दुई हेक्टर जमिन हुने तीन हजार चार सय ४६ घरधुरी, दुईदेखि तीन हेक्टर जमिन हुने एक सय ७३ घरधुरी, तीनदेखि चार हेक्टर जमिन हुने २६ घरधुरी, चारदेखि पाँच हेक्टर जमिन हुने एक सय ९२ घरधुरी, पाँचदेखि १० हेक्टर जमिन हुने दुई सय ८१ घरधुरी र १० हेक्टरभन्दा माथि जमिन हुने १९ घरधुरी रहेको कार्यालयका प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो ।

    यी कृषकमध्ये जिल्लाका झण्डै ८० प्रतिशत किसानले आफ्नो उत्पादनको बिमा गरेका छैनन् । बिमा नहुँदा बेलाबखत आउने प्राकृतिक विपत्तिका कारण किसानले ठूलो क्षति बेहोर्न बाध्य भएका छन् । चितवनका किसानले बाली र पशुमा नयाँ–नयाँ रोग र बर्खामा बाढीको प्रकोप बेहोर्नुपरेको छ ।

    कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा एक लाख आठ हजार पाँच सय ६७ किसान छन् । तीमध्ये ८४ हजार आठ सय ३३ किसानले निर्वाहमुखी कृषि पेसा गरेका छन् । एक हजार चार सय ४६ किसानले मात्रै व्यावसायिक कृषि गरेको केन्द्रका प्रमुख पाण्डेले बताउनुभयो । जिल्लाका ८६ हजार दुई सय ७९ अर्थात् ७९.५ प्रतिशत किसानले कृषि बिमा गरेकै छैनन् । कृषि बिमा गरेका २२ हजार छ सय ८६ किसानमध्ये सबैभन्दा धेरै पशुपन्छी उत्पादन गर्ने किसान १८.७ प्रतिशतअर्थात् २० हजार तीन सय ४५ छन् ।

    त्यस्तै बाली उत्पादनको बिमा गर्ने सात सय २४ (०.७ प्रतिशत), मत्स्यपालनको बिमा गर्ने एक सय ६० (०.१ प्रतिशत) र अन्य उत्पादनको बिमा गर्ने एक हजार चार सय ५४ जना (१.३ प्रतिशत) किसान छन् । जिल्लामा ४४ हजार पाँच सय ३७ हेक्टर कृषियोग्य जमिन छ । त्यसमध्ये ३५ हजार ८६ हेक्टर जमिनमा मात्रै सिँचाइ पुगेको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.