सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा धान रोप्नेदेखि काट्नेसम्म तराई र भारतका श्रमिकको भर


  •    न्युजभित्तो/४ कार्तिक २०७९, शुक्रबार १३:३९ 
  • भरतपुर,कात्तिक ४। रौतहटका उपेन्द्र पटेल प्रत्येक वर्ष यो सिजनमा धान काट्न चितवन आउनुहुन्छ । उहाँ यसरी नियमित आउन थालेको नौँ वर्ष भयो । धान काट्न मात्र होइन, धान रोप्न र गोड्न समेत उहाँ चितवन आउने गर्नुभएको छ ।“यो वर्ष मात्रै तीन पटक चितवन आएँ”, उहाँले भन्नुभयो, “काम सहजै पाइन्छ पैसा पनि राम्रै छ”, उहाँले भन्नुभयो । उहाँले रौतहटमा रहँदा उखु छिन्ने र आफ्नो घरायसी काम गर्दै आएको बताउनुभयो । बिहीबार भरतपुर महानगरपालिका–१५ मङ्गलपुरमा धान काटिरहेको अवस्थामा भेटिनुभएका उहाँले आफूहरु समूह नै बनाएर यहाँ आउने गरेको बताउनुभयो ।

    यसपटक आठ जनाको टोली आएको भन्दै उहाँले ठेक्कामा काम लिने र आएको पैसा बराबर बाँडफाँट गर्ने गरेको जानकारी दिनुभयो । “आजमात्रै एक बिघा जग्गाको रु २२ हजारमा ठेक्का लिएका छौँ । धान काट्ने, चुट्नेदेखि घर भित्र्याइ दिनेसम्मको जिम्मा हाम्रो हो”, उहाँले भन्नुभयो । आठ जनाले दुई दिनमा एक बिघाको सबै काम सक्ने उहाँको भनाइ छ ।

    पटेलसँगै आउनुभएका सर्लाहीका लालबाबु झा पहिलोपटक धान काट्नका लागि चितवन आएको बताउनुभयो । उहाँले काठमाडौँमा श्रमिकको काम गर्दै आएको र धान काट्ने यो समयमा पैसा राम्रो कमाइ हुने साथीहरुले भनेका कारण आएको बताउनुभयो । उहाँले छठपर्वका लागि पैसाको जोहो हुने भएकाले पनि धान काट्न आउनुपरेको जानकारी दिनुभयो । उहाँले दुई÷चारदिन छठ मनाएपछि पुनः यहाँ आएर काम गर्ने बताउनुभयो ।

    यस्तै रौतहटका कृष्ण पाण्डे पनि आठ वर्षदेखि नियमितरुपमा चितवनमा धान काट्न आइरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “यहाँ काम जति पनि पाइन्छ, कहिलेकाहीँ त काम धेरै भएका कारण भ्याइँदैन भन्नुपर्ने हुन्छ ।” धेरै काम हुँदा कहिलेकाहीँ रातभर काम गरेरसमेत सक्ने गरेको अनुभव उहाँले सुनाउनुभयो । पाण्डेले एक महिनाको अवधिमा खाने बस्ने खर्चबाहेक रु २५ देखि ३० हजार जम्मा गरेर घर लैजाने गरेको बताउनुभयो । चितवनमा तराईसँगै भारतबाट पनि ठूलो सङ्ख्यामा श्रमिक धान रोप्ने र काट्ने सिजनमा आउने गरेका छन् ।

    पूर्वी चितवनको भण्डाराका किसान रामशरण काफ्लेले प्रत्येक वर्ष तराईबाट आउने श्रमिकलाई काम लगाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ भएकाले काम गर्दैनन्, उनीहरुलाई ठेक्कामा दिएपछि हाइसन्चो हुन्छ ।” काफ्लेले यस वर्ष पनि आफूले धान राप्नेदेखि काट्नेसम्म सबै जिम्मा तराईका श्रमिकलाई दिएको बताउनुभयो । “गाउँमा अधिकांश चालिस÷पचास कटेका मान्छेमात्र छन्”, उहाँले भन्नुभयो, “काम गर्ने युवा कोही अष्ट्रेलिया, अमेरिका त कोही खाडीमुलुकमा गए, गाउँमा काम गर्ने मान्छे भएन ।”

    यही अवस्था रहिरहे नेपालमा काम गरेरसमेत खाना नसक्ने अवस्था आउने उहाँको भनाइ छ । राज्यले कृषि क्षेत्रलाई प्राथमिकता राखेर काम गरेको बताउँदै आए पनि श्रमिकदेखि बीउ मलसम्म अरुकै भर पर्नुपरेको गुनासो गर्नुभयो ।

    कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले जिल्लामा धान काट्नेदेखि थन्काउनेसम्म भारतीय र तराईका श्रमिकको भर पर्नुपर्ने अवस्था रहेको बताउनुभयो । “व्यावसायिक र निर्वाहमुखी दुवै खेतीमा उनीहरुकै भर पनुपर्छ, यहाँ स्थानीयस्तरमा श्रमिक पाइन छाडेको छ”, उहाँले भन्नुभयो । युवाहरु रोजगारीका लागि विदेश पलायन हुँदा र अध्ययनका लागि बाहिर जाँदा काम गर्ने मान्छेको अभाव रहेको उहाँले बताउनुभयो ।

    “हामीमा काम गर्ने बानीसमेत हराइसकेको छ, उहाँले भन्नुभयो”, सबै कुरामा परनिर्भर छ, कसरी कृषि क्षेत्रमा समृद्धि हासिल गर्न सकिन्छ रु” कृषि काम गर्न दुःख मान्ने परिपाटीले हाम्रो कृषि प्रणालिमा नै ह्रास आउन थालेको उहाँको बुझाइ छ ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न क्षेत्रमा यन्त्रिकरणमार्फत धान रोप्ने र काट्ने काम भए पनि त्यो पर्याप्त नभएको उहाँले बताउनुभयो । चितवनमा रु ३० हजार पाँच सय हेक्टरमा धान खेती गर्ने गरिएको छ । त्यसमध्ये २२ हजार नौ सय २७ हेक्टरमा बर्खेधान र सात हजार पाँच सय ७३ हेक्टरमा चैतेधान लगाउने गरिएको छ । चैतेधान पाँच दशमलव दुई मेट्रिकटन प्रतिहेक्टर उत्पादन हुने गरेको छ भने तीन दशमलव ७९ मेट्रिकटन प्रतिहेक्टर बर्खे धान उत्पादन हुने गरेको छ । चितवनमा रहेको १९ प्रतिशत जमिनमा मात्रै खेती हुने गरेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.