सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा अण्डा उत्पादन गर्ने लेयर्स कुखुरा पालक व्यवसायी संगठित


  •    न्युजभित्तो/३० आश्विन २०७९, आईतवार १२:५६ 
  • चितवन, ३० आश्विन । नेपाल लेयर्स कुखुरा पालक व्यवसायी संगठित भएका छन् । देशैभरका अण्डा उत्पादन गर्ने ठूला व्यवसायिक फर्महरु संगठित भएका हुन् ।व्यवसायीहरुले तदर्थ समिति गठन गरेका छन् । समितिको अध्यक्षमा विनोद पोखरेल, महासचिव शोभाकान्त ढकाल, सचिव मदन चिरञ्जीवि पोखरेल, कोषाध्यक्ष प्रकाश चापागाई, सदस्य राजेन्द्र लामिछाने, रामलाल भुषाल, ज्योतेन्द्र श्रेष्ठ, गंगा भट्टराई, भरत शर्मा, गोकुलनाथ पौडेल, पिताम्बर सञ्जेल, सञ्जीव खनाल रहनु भएको छ ।

    समितिको संरक्षकमा गुणचन्द्र बिष्ट, सल्लाहकारहरुमा सुरेश वैद्य, दीपककुमार प्रधान, शिवाजी राव रहनु भएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेको अध्यक्षतामा आज यहाँ सम्पन्न भेलामा प्रमुख अतिथि गुणचन्द्र बिष्टले सबै संघ संस्थाहरु मिलेर पोल्ट्री व्यवसायलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा विनोद पोखरेलले संस्था गठन गर्नुपर्नेको कारण र उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । उहाँले पोल्ट्री नीति निर्माणका लागि राज्यसँग पहल गर्न, अण्डाको बजारलाई व्यवस्थित बनाई अण्डाको खपत बढाउन समिति गठन गरिएको बताउनुभयो ।

    सो अवसरमा राजेन्द्र लामिछाने, ज्योतेन्द्र श्रेष्ठ त्रिलोचन कँडेल, शोभाकान्त ढकाल लगायतले पोल्ट्री व्यवसायका समस्या बारेमा बोल्नु भएको थियो । नेपालको अण्डा उत्पदनमा ८० प्रतिशत हिस्सा ओगट्ने ४० जना हाराहारी व्यवसायीहरु संगठित भएका हुन् । बजारमा मूल्य एकरुपता कायम गर्न, समस्याहरु मिलेर समाधान गर्न समिति गठन गरिएको सचिव पोखरेलले बताउनुभयो ।

    नेपालमा दैनिक ४८ देखि ५० लाख अण्डा उत्पादन हुँदै आएको छ । अण्डा उत्पादन क्षेत्रमा मात्रै रु.७५ अर्ब लगानी भएको बताईन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.