चितवनः बिभिन्न लागु औषध सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहारका ३८ वर्षिय सुनिल कुमार, १९ बर्षिय बिकास क्ुमार, ५० वर्षिय राजन ठाकुर र बाराको गढीमाई नगरपालिका वडा नम्बर १९ की ३५ वर्षिया प्रतिमा मण्डल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रबक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरुलाई आज बिहान ११ः १० वजे भरतपुर बसपार्क चोकबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुको साथबाट १ हजार एम्पुल डाइजेपाम, १ हजार एम्पुल व्युप्रिनर्फिन, फेनारगन १ हजार एम्पुल र १४० मिलिग्राम खैरो हेरोईन फेला परेको उहाँले जानकारी दिनुभयो । यस्तै मोवाईल चार थान, डिएल ७ सिएम १५७६ नम्बरको भारतीय कार समेत वरात गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।