सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अपहरणमा परेका एक किशोरको विराटनगरमा हत्या, तीन जना प्रकाउ


  •    न्युजभित्तो/२८ आश्विन २०७९, शुक्रबार १६:२३ 
  • सिरहा, असोज २८। सिरहाबाट अपहरणमा परेका एक किशोरको विराटनगरमा हत्या भएको खुलेको छ । सिरहाको गोलबजार नगरपालिका-३ का १७ वर्षीय अंशु सदालाई विराटनगर ल्याएर हत्या गरिएको खुलेको हो।मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीका अनुसार उनको शव शुक्रबार दिउँसो १ः३० बजेतिर विराटनगर महानगरपालिका-११ बसपार्कस्थित न्यू अप्सरा गेष्ट हाउसको १ नम्बर कोठामा फेला परेको थियो। असोज २३ गतेदेखि हराइरहेका सदाको खोजतलासका लागि परिवारका सदस्यले बिहीबार इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिएका थिए।

    नाकबाट रगत बगिरहेको अवस्थामा शव भेटिएको र टाउको लगायत शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा शव भेटिएको थियो । त्यस्तै हत्या गरिएको कोठाभित्र रगत लतपतिएको कपडाहरू फेला परेको छ र शव सेतो तन्नामा पोको पारेर कोठाको लो-बेड (पलङ) मुनि हालिदिएको पाइएको प्रहरीले जनाएको छ।

    सदाको अपहरण तथा हत्यामा संलग्न धनुषाको कमला नगरपालिका-६ का १९ वर्षीय प्रशान्तकुमार मण्डल, राकेश ठाकुर र मोरङको रतुवामाई नगरपालिका(५ का ३६ वर्षीय मनोज कार्की गरी तीन जनालाई प्रहरीले प्रकाउ गरेको छ ।

    त्यस्तै उनीहरूलाई पक्राउ गरिएपछि सदाको हत्या भएको खुलेको र आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले जनाएको छ। स्रोतः अन्नपूर्ण

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.