सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनबाटै सवारी लाइसेन्स वितरणको बाटो खुल्यो


  •    न्युजभित्तो/२८ आश्विन २०७९, शुक्रबार १४:३१ 
  • चितवन,२८ आश्विन। चितवनबाटै सवारी चालक अनुमति पत्र वितरणका लागि बाटो खुलेको छ ।

    लाइसेन्स वितरणको लागि प्रयोगात्मक परिक्षास्थल छनोट सम्वन्धमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशको विरूद्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र यातायात व्यवस्था कार्यालय भरतपुरले दर्ता गरेको भ्याकेटको पक्षमा फैसला भएको हो । उक्त फैसलासँगै चितवनबाटै लाइसेन्स वितरणको बाटो खुलेको यातायात कार्यालय प्रमुख बिनोद पौडेले बताए ।

    न्यायाधिस ईश्वरकुमार खतिवडा र डा मनोजकुमार शर्माको इजलासले मुख्यमन्त्री कार्यालय र यातायात कार्यालयको माग बमोजिम हुने फैसला सुनाएको हो । उक्त फैसलापछि परिक्षाथल छनोटको बाँकी प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

    ‘प्रयाेगात्मक परिक्षास्थल छनाेट सम्वन्धमा सर्वाेच्च अदालतमा परेकाे मुद्दामा जरी भएकाे अन्तरिम आदेशकाे विरूद्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय र यातायात व्यवस्था कार्यालय भरतपुरले दर्ता गरेकाे भ्याकेटकाे पक्षमा फैसला भएकाेले चितवनवाट सवारी चालक अनुमतिपत्रकाे प्रयाेगात्मक परिक्षास्थल छनाेटकाे बाँकी प्रक्रिया अगाडि वढाउने बाटो खुलेकाे अवस्था छ’, उनले भने ।

    प्रयोगात्मक परिक्षास्थल छनोटको विरुद्धमा चितवन ड्राइभिङ स्कुलले गएको असार १९ गते सर्वाेच्चमा मुद्दा दायर गरेको थियो । प्रयोगात्मक परिक्षास्थलका लागि सदगुरु र महालक्ष्मी मोटर ड्राइभिङ सेन्टर प्रतिस्पर्धाका लागि छानिएका थिए । यी दुई सेन्टरको प्राविधिक मूल्यांकन हुने क्रममा प्रयोगात्मक चितवन ड्राइभिङले मुद्दा दर्ता गरेको थियो । मुद्दा परेपछि रोकिएको प्रक्रिया अब अघि बढ्ने भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.